बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

एनपीएल विजेतालाई १ करोड १० लाख पुरस्कार, ३५ करोडभन्दा बढी उठ्ने अनुमान

banner add
writter
आइत, ३० कात्तिक २०८२
(Shares)

काठमाडौँ । नेपाली खेलकुद, विशेषगरी क्रिकेटमा पछिल्ला वर्षहरूमा देखिएको उछाल उत्साहजनक छ। 

यसै सन्दर्भमा नेपाल प्रिमियर लिग (NPL) ले विजेतालाई १ करोड १० लाख रुपैयाँको आकर्षक पुरस्कार घोषणा गर्नु र प्रतियोगिताबाट ३५ करोडभन्दा बढी आम्दानी उठ्ने अनुमान हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण मोड हो। तर यति ठूलो आर्थिक चहलपहलसँगै केही प्रश्नहरू, सम्भावना र चिन्ताहरू पनि एकैसाथ उठ्न स्वाभाविक हो।

एनपीएलको तयारी पूरा भएको क्यानले यस पटक प्रतियोगितालाई अझ उन्नत ढंगले सञ्चालन गर्ने दाबी गरेको छ। सोमबारदेखि सुरु हुने एनपीएलमा अधिकांश खेल फ्लडलाइटमा खेलाइनेछन्।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

एनपीएलको दोस्रो संस्करणमा आठ फ्रेञ्चाइज टोली सहभागी हुनेछन्। उद्घाटन खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच दिउँसो ४ बजे हुने तालिका रहेको छ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेर उपाधि जितेको थियो। यस संस्करणबाट ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने क्यानको अनुमान छ।

पत्रकार सम्मेलनमा बोल्दै सचिव पारस खड्काले १५ करोड ३० लाख प्रायोजकबाट, ९ करोड सहभागी टिमबाट उठ्ने, ओटिटी आम्दानीबाट ५ करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत योगदान रहने तथा टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ उठ्ने अनुमान गरिएको जानकारी दिए।

ads
ads
add
banner add

सम्बन्धित खबर