बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

जिल्लाको अग्रस्थानमा पटेर्वा सुगौली गाउँपालिका

banner add
writter
मङ्गल, ०७ असोज २०८२
(Shares)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा प्रकाशित आर्थिक वर्ष ०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजाअनुसार पर्सामा पटेर्वा सुगौली गाउँपालिका पहिलो भएको छ।

मन्त्रालयले भदौ ६ गते सार्वजनिक गरेको नतिजाअनुसार पटेर्वा सुगौलीले गुणस्तर परीक्षणपछि ७१.२५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाका १४ स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो।

मन्त्रालयको प्रकाशित नतिजाअनुसार पटेर्वा सुगोली जिल्लामा प्रथम हुनुको साथै मधेश प्रदेशका गाउँपालिकामध्ये दोस्रो भएको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए।

जनप्रतिनिधि र कर्मचारीबिचको समन्वय र सहकार्यका कारण गाउँपालिका उत्कृष्ट स्थानमा पुगेको उनले बताए। प्रमुख प्रशासकीय अधिकृत मेहता गत वर्ष परवानीपुर गाउँपालिकामा कार्यरत रहँदा सो गाउँपालिका बारामा प्रथम भएको थियो।

यस वर्षको नतिजाअनुसार पर्सामा ठोरी गाउँपालिका ६५.५० अंकसहित दोस्रो र वीरगन्ज महानगरपालिका ६५.२५ अंकसहित तेस्रो स्थानमा छन्। पर्सागढी नगरपालिका ५८.५० अंकसहित चौथो र जगरनाथपुर गाउँपालिका ५१.२५ अंकसहित पाँचौँ स्थानमा छन्।

जिल्लाको अन्य पालिका पोखरिया नगरपालिकाको ४३.७५ अंक, जिराभवानी गाउँपालिकाको ४२.२५ अंक, छिपहरमाई गाउँपालिकाको ४२ अंक, धोबिनी गाउँपालिकाको ३७ अंक, कालिकामाई गाउँपालिकाको ३३.२५ अंक, सखुवा प्रसौनी गाउँपालिकाको ३२.७५ अंक र पकहाँ मैनपुर गाउँपालिकाको २९.७५ अंक पाएका छन्। बहुदरमाई नगरपालिकाको २१.७५ अंक पाउँदा बिन्दवासिनी गाउँपालिका २१ अंकसहित अन्तिममा छ।

ads
ads
add
banner add

सम्बन्धित खबर