आइत, १२ असोज २०८२ / September 28, 2025, Sunday
आइत, १२ असोज २०८२
Advertisement
banner add

जेन–जी आन्दोलनका अगुवासँग प्रधानमन्त्री कार्कीको प्रस्ताव : मन्त्रीको लागि साझा नाम दिनुहोस

writter
शुक्र, १० असोज २०८२
(Shares)

काठमाडौं । जेन–जी आन्दोलनको अगुवामध्येका एक मिरज ढुंगानाले पछिल्लो समय सक्रियता बढाएका छन् । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि एकाएक हराएका उनै ढुंगानाले पछिल्लो समय सक्रियता बढाएका छन् ।

उनले आज प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटार पुगेर छलफल गरेका छन् । छलफलमा उनीसँगै उनका टिम सदस्यहरुसमेत सहभागी थिए । प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको र मिलेर काम गर्ने चाहना राखेकी छिन् ।

भेटवार्तामा सहभागीमध्ये एकले दिएको जानकारीअनुसार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद्मा सहभागी गराउनुपर्ने नाम सहमतिमा उपलब्ध गराउन ढुंगानालाई आग्रह गरेकी छिन् । सो क्रममा उनले जेन–जी अभियन्ता र अगुवाहरु बेग्लाबेग्लै उभिनुभन्दापनि एउटै कित्तामा उभिन सुझाव दिएकी छिन् ।

ads

सम्बन्धित खबर