मङ्गल, ०२ मंसिर २०८२ / November 18, 2025, Tuesday
मङ्गल, ०२ मंसिर २०८२
Advertisement
banner add

रिता केसीको हराएकी हु त्यो शहरबाट सार्बजनिक

writter
शनि, २२ कात्तिक २०८२
(Shares)

काठमाण्डौँ । चर्चित गायीका रीता केसीले हालै मात्र म हराएकी हु त्यो शहरबाट नामको गजल गीत बजारमा ल्याएकी छिन । सांगीतिक क्षेत्रमा बिगत २ दशक विताएर दर्जनौ गीत गाएकी गायिका केसीले आधुनिक, लोक तथा गजल गितहरुमा स्वर दिदै आएकी छिन । 

उनको भर्खरै बजारमा आएको म हराएकी हु त्यो शहरबाटको गजलका गजलकार कपिल अन्जान हुन भने गजलमा राजेन्द्र बजगाईले संगीत भरेका हुन् । उक्त गजलमा स्वयम गायीका केसीले अभिनय गरेकी छिन । 

उक्त गजलको छायाङकन राम कुमार केसीले गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । उक्त गजल गीत Rita kc youtube channel बाट बजारमा आएको छ । 

सानै उमेर देखी सांगीतिक क्षेत्रमा उचि राख्ने गायीका केसीले गाएका थुप्रै गीतहरुले चर्चाको शिखर समेत चुमेका छन् । 

सांगीतिक क्षेत्रमा आफूलाई अब्बल बनाउन सफल गायीका केसी स्वदेशमा मात्र नभई विदेशमा हुने गरेका थुप्रै सांगितिक कार्यक्रममा समेत व्यस्त हुने गरेकी छिन । उनका चर्चित गितहरुमा भन के के गर्नुपर्छ , चलचित्र रिमैको रेलिमाई , चलचित्र रोल्पा रोगको जाउला कान्छी , सुनकोशी बग्यो सलल , फेसबुकमा , इत्यादि रहेका छन् l

ads

सम्बन्धित खबर