काठमाडौं : भारतको अयोध्याबाट १७ बोगीसहित आएको सरयू–कमला
एक्सप्रेस आज बिहान जनकपुरधाम पुगेको छ ।
रेलमार्फत जनकपुरधाम आएका यात्रु तथा भारतीय
प्रतिनिधिमण्डललाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र संघीय श्रममन्त्री
रामजी यादवले स्वागत गरेका छन् ।
अयोध्याबाट आएको रेल जनकपुरधाम आइपुगेपछि दुवै देशका
प्रतिनिधिबीच स्वागत तथा भेटघाट भएको हो ।