सोम, १८ जेठ २०८३ / June 1, 2026, Monday
सोम, १८ जेठ २०८३
Advertisement
banner add

सुनसरीको ट्राफिक व्यवस्थापन सुधारका लागि एसएसपी तिवारी सक्रिय, सुरक्षित चालक अभियानमा विशेष जोड

banner add
writter
सोम, १८ जेठ २०८३
(Shares)

 काठमाडौँ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका एसएसपी भुवनेश्वर तिवारीले मोरङ र सुनसरी जिल्लास्थित ट्राफिक प्रहरी कार्यालयहरूको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुवनेश्वर तिवारीले मोरङ र सुनसरी जिल्लास्थित ट्राफिक प्रहरी कार्यालयहरूको निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।

स्थलगत निरीक्षणका क्रममा एसएसपी तिवारीले ट्राफिक प्रहरी कर्मचारीलाई सवारी दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री कार्यशैली अपनाउन निर्देशन दिँदै अनुशासित, पारदर्शी र जिम्मेवार सेवा प्रवाहमार्फत नागरिकलाई सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

निरीक्षणका क्रममा उहाँले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रविधिमैत्री, अनुशासित, पारदर्शी र जिम्मेवार कार्यशैली अपनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभयो। उहाँले बढ्दो सवारी चाप र सडक दुर्घटनालाई प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन व्यवहारिक सुधार आवश्यक रहेको बताउनुभयो।

एसएसपी तिवारीले ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन, नागरिकमैत्री सेवा प्रवाह र जनचेतनामूलक अभियानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो। साथै निरीक्षणका क्रममा उहाँले कर्मचारीहरूले भोग्दै आएका समस्या तथा गुनासो पनि सुन्नुभयो।

सो अवसरमा सुरक्षित चालक अभियान अन्तर्गत सिटी सफारी चालकहरूलाई सुरक्षित चालक अंकित ज्याकेट वितरण गरिएको थियो। साथै मोरङमा सिटी सफारीमा छुटेको यात्रुको ल्यापटप, नगद ३० हजार रुपैयाँ र एटीएम कार्डसहितको झोला सुरक्षित रूपमा फिर्ता गरी इमान्दारी देखाउने चालक रमेश कामतलाई कदरपत्रसहित सम्मान गरिएको थियो।

यस्तै, सुनसरीको धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा यातायात व्यवसायी, चालक तथा सहचालकहरूसँग सवारी दुर्घटना न्यूनीकरण, सडक अनुशासन र ट्राफिक व्यवस्थापनका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले उठाएका समस्या तथा गुनासोमाथि पनि सुनुवाइ गरिएको प्रहरीले जनाएको छ।

अनुगमन भ्रमणका क्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरी, यातायात व्यवस्था कार्यालय मोरङका प्रमुखलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

ads
ads
add
banner add

सम्बन्धित खबर