काठमाडौं । चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित महेन्द्र राजमार्गमा शनिबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउने दुई जना एकै परिवारका दिदी–भाइ रहेको पुष्टि भएको छ।
दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ का २३ वर्षीय महेबुब रजा र महोत्तरीको गौशाला नगरपालिका–५ की अजिमा प्रविन रहेका छन्। उनीहरूका बुबा शेष अख्तर हुसेनले शवको सनाखत गरेका हुन्।
शनिबार दिउँसो करिब १२ः३० बजे नारायणघाटबाट बर्दिबासतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दिदी–भाइको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।