गुल्मी । गुल्मीमा बाँदर धपाउने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। यस जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको बाँदर धपाउने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा पाण्डे चिप्लिएर करिब २५ मिटर तल खसेर गम्भीर घाइते हुनुभएको थियो।