प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंह ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।
प्रहरी सेवामा उत्कृष्ट कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा शान्ति–सुरक्षा कायम गर्न पुर्याएको योगदानको मूल्यांकन गर्दै सिंहलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो।
सिंहको कार्यसम्पादन, नेतृत्व क्षमता र नागरिक सेवाप्रतिको सक्रियतालाई आधार मानी उक्त सम्मान प्रदान गरिएको जनाइएको छ। सम्मानले प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित र सेवामुखी भएर काम गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।