शुक्र, २९ साउन २०८३ / August 14, 2026, Friday
शुक्र, २९ साउन २०८३
Advertisement
banner add

बर्दियाबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ

banner add
writter
शुक्र, २९ साउन २०८३
(Shares)

बर्दिया । लागु औषध नियन्त्रण ब्यूरोले बर्दियाबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट लागु औषध खैरो हेरोइन लुम्बिनी प्रदेशस्थित विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका २ डाँडाबाट पक्राउ पर्नेमा ५२ वर्षीय दिदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एउटा मोबाइल फोन बरामद गरिएको छ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखरा, बर्दियामा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ।

प्रहरीले भारतबाट नेपाल भित्र्याइने तथा विभिन्न स्थानमा बिक्री वितरण हुने लागु औषध नियन्त्रणका लागि निगरानी तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर