काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु भएको छ।
न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी तथा प्रधानन्यायाधीश
मनोजकुमार शर्माको नामसमेत जोडिएपछि उत्पन्न विवादबारे छलफल गर्न बैठक बसेको हो।
बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रधानन्यायाधीश
शर्मासहित सर्वोच्च अदालतका सबै बहालवाला न्यायाधीश सहभागी छन्।
बैठकमा न्यायाधीश र सापकोटाबीचको भनिएको भेटघाट तथा सम्बन्ध, संवैधानिक
इजलास गठनसम्बन्धी विवाद, प्रधानन्यायाधीशको नाम जोडेर लेनदेन भएको
भनिएको विषय र घटनाको छानबिनका लागि समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
विवादमा न्यायालयका उच्च पदाधिकारीको नामसमेत जोडिएपछि
न्यायिक वृत्तमा चासो बढेको छ। फुलकोर्ट बैठकलाई न्यायालयभित्र देखिएको विवाद र
त्यसको समाधानका विषयमा संस्थागत छलफलका रूपमा हेरिएको छ।