बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?

banner add
writter
शनि, ०४ असोज २०८२
(Shares)

काठमाडौं । आज (असोज ४ गते) देशका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने छ।

यस्तो छ आजका लागि मौसम महाशाखले जारी गरेको प्रक्षेपण :

दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाड भूभागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

ads
ads
add
banner add

सम्बन्धित खबर