काठमाडौँ । प्रफुल हिंगे अचानक चर्चामा आएका नाम होइनन्, तर अवसर पाउनासाथ आफूलाई प्रमाणित गर्ने खेलाडी हुन्। Indian Premier League (आईपीएल) को डेब्यु खेलमै ४ विकेट लिएपछि उनी एकै रातमा चर्चाको केन्द्र बनेका छन्।
सोमबार Sunrisers Hyderabad र Rajasthan Royals बीचको खेलमा धेरैको ध्यान यशस्वी जैसवाल र वैभव सूर्यवंशी जस्ता ब्याट्सम्यानतर्फ थियो। तर कप्तान ईशान किशन ले भने नयाँ खेलाडी हिंगेमाथि विश्वास गरे—र त्यही निर्णय खेलको टर्निङ पोइन्ट बन्यो।
डेब्युमै ‘ड्रीम स्पेल’ हिंगेले आफ्नो पहिलो ओभरमै तीन विकेट लिएर विपक्षीलाई झट्का दिए। ध्रुव जुरेल लगायतका महत्वपूर्ण विकेट लिएपछि राजस्थान खेलमै फर्किन सकेन। ४ ओभर, ३४ रन , ४ विकेट, १३ डट बल, उनको आक्रामक र आत्मविश्वासी बलिङले खेलको दिशा नै परिवर्तन गर्यो।
आत्मविश्वास र तयारी खेलपछि हिंगेको भनाइले उनको मानसिक तयारी देखाउँछ—डेब्यु खेलमै ४–५ विकेट लिने लक्ष्य राखेका थिए। बलिङ प्रशिक्षक वरुण एरोन सँगको अभ्यास र योजनाले उनलाई अझ धारिलो बनाएको देखिन्छ।