आइत, ०६ पुस २०८२ / December 21, 2025, Sunday
आइत, ०६ पुस २०८२
Advertisement
banner add

महिला टी–२० विश्वकप : आज नेपाल र भारत भिड्दै

writter
आइत, ०७ मंसिर २०८२
(Shares)

काठमाडौं । भारत र श्रीलंकामा जारी नेत्रहीन महिला टी-२० विश्वकप प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्।

नेपाल र भारतको फाइनल खेल आज बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ । पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो।

दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो।

पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा ११२ रन बनाउँदै भेट्टाएको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् । 

ads

सम्बन्धित खबर