मङ्गल, ०९ असार २०८३ / June 23, 2026, Tuesday
मङ्गल, ०९ असार २०८३
Advertisement
banner add

८ हजार ५४ जना कैदीबन्दी फर्किए, ६ हजार ४९४ अझै फरार

banner add
writter
शुक्र, १० असोज २०८२
(Shares)

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् । उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् ।

माओवादी केन्द्रीय समिति बैठकको दोस्रो दिन पार्टीभित्रका विभिन्न टोली नेताहरूले आफ्नो धारणा राख्ने कार्य जारी छ। बैठकमा पार्टीको हालको राजनीतिक स्थिति, आगामी निर्वाचन रणनीति, संगठनभित्र देखिएका चुनौतीहरू, गठबन्धनमा रहँदा हुने फाइदा-नोक्सान, र सरकारमा सहभागिताका प्रश्नहरूलाई लिएर फरक-फरक मतामत तथा विश्लेषण प्रस्तुत भइरहेको जनाइएको छ।

बैठकमा विशेषगरी

- संगठन सुदृढीकरण र आन्तरिक एकता,
- वाम गठबन्धन सम्भावना,
- युवा परिचालन र आन्दोलनको तयारी,
- आर्थिक नीतिमा पार्टीको दृष्टिकोण,

जस्ता विषयलाई टोली नेताहरूले प्राथमिकता दिइरहेका छन्। दोस्रो दिनको छलफलपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले उठेका विषयहरूलाई समेट्दै आफ्नो धारणा प्रस्तुत गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर