काठमाडौं । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी हस्तान्तरण गरेको छ। प्रदेश सरकारले प्रहरीको कार्यसम्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन ती सवारीसाधन उपलब्ध गराएको जनाएको छ।
प्रदेश सरकारका अनुसार प्रतिगाडी भ्याटसहित ३९ लाख ५ हजार रुपैयाँका दरले खरिद गरिएको हो। १२ वटा गाडी खरिदमा कुल करिब ४ करोड ६८ लाख ६० हजार रुपैयाँ खर्च भएको जनाइएको छ।
प्रहरीलाई उपलब्ध गराइएका सवारीसाधनले शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरीको दैनिक कार्यसम्पादनमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।