मङ्गल, २१ असोज २०८२ / October 7, 2025, Tuesday
मङ्गल, २१ असोज २०८२
Advertisement
banner add

अविरल वर्षामा एआइजी कार्की स्वयं अग्रपंक्तिमा, सुरक्षाकर्मीको मनोबल उच्च

writter
आइत, १९ असोज २०८२
(Shares)

काठमाडौं । देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनजीवन प्रभावित भइरहेको बेला नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की स्वयं अग्रपंक्तिमा खटिँदा सुरक्षाकर्मीको मनोबल उल्लेखनीय रूपमा उच्च देखिएको छ ।

असहज मौसम र जोखिमपूर्ण परिस्थितिमा पनि उच्च प्रहरी अधिकारीले मैदानमै उपस्थित भई जनताको सहयोगमा जुट्नु प्रशंसनीय कार्य हो।

उपत्यकामा निरन्तर अविरल वर्षाले उत्पन्न गर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरी प्रशासन सतर्क बनेको छ। उपत्यका प्रहरी प्रमुख एआइजी कार्की आफैँ अग्रपंक्तिमा खटिँदै सुरक्षात्मक व्यवस्थालाई अझै चुस्तदुरुस्त बनाउन सक्रिय देखिनुभएको छ।

बाढी, पहिरो र सडक अवरोधजस्ता प्राकृतिक विपद्‌का समयमा सुरक्षाकर्मीहरूले रातदिन खटिँदा जनताको सुरक्षा र उद्धार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछन्। यस्तो अवस्थामा नेतृत्व तहका अधिकारीहरू स्वयं अग्रपंक्तिमा रहँदा न केवल कार्यक्षमता बढ्छ, बरु प्रहरी संगठनभित्रको आत्मविश्वास र एकताबोध पनि मजबुत हुन्छ।

एआइजी कार्कि नेतृत्वमा कार्यरत टोलीले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याउने, आवागमन सहज बनाउन सहयोग गर्ने र समन्वयकारी भूमिका निर्वाह गरेको समाचार सार्वजनिक भएको छ। यसले प्रहरीको “जनताको सेवामा सधैं तत्पर” भन्ने मूलमन्त्रलाई व्यवहारमै उतारिएको प्रमाणित गरेको छ।

कन्ट्रोल रूममार्फत सम्पूर्ण परिस्थितिको प्रत्यक्ष निग्रानी गर्दै आउनुभएका एआइजी कार्की रातको समयमा समेत ड्युटीमा खटिएका प्रहरीलाई भेटेर मनोबल बढाउने कार्यमा जुट्नुभएको छ। उहाँले ड्युटी स्थलमै पुगेर सुरक्षाकर्मीहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिने मात्र होइन, सिपाहीझैँ सक्रिय भई उपस्थित हुने परम्परागत भन्दा फरक शैली अपनाउनुभएको हो।

सामान्यतया उच्च प्रहरी अधिकारीहरू कागजी निर्देशन र कार्यालयमै सीमित हुने प्रचलन रहेको भए पनि एआइजी कार्कि स्वयं फिल्डमै खटिनु उल्लेख्य मानिएको छ। उहाँको यस्तो सक्रियता र नेतृत्वशैलीले सुरक्षाकर्मीहरूलाई थप ऊर्जा र प्रेरणा मिलेको प्रहरी स्रोतले जनाएको छ।

अविरल वर्षाका कारण उपत्यकाभरि जोखिम बढिरहेको अवस्थामा प्रहरी प्रशासनले निरन्तर सतर्कता बढाएको जनाएको छ। सम्भावित दुर्घटना वा विपत्तिको क्षति कम गर्न प्रहरी, स्थानीय निकाय र सम्बन्धित निकायबीच घनिष्ठ सहकार्य भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपाेखरीले जनाएको छ।

संकटको घडीमा नेतृत्वको उपस्थितिले संगठनको मनोबल कति फरक पार्न सक्छ भन्ने सन्देश यस घटनाले स्पष्ट दिएको छ। प्रहरी नेतृत्वले यसैगरी जिम्मेवारी, संवेदनशीलता र कार्यकुशलताको निरन्तर प्रदर्शन गर्न सके देशभर सुरक्षाप्रति जनविश्वास अझ सुदृढ हुनेछ।

ads

सम्बन्धित खबर