निगरानी ब्यूरो/काठमाडौँ । पशु औषधी क्षेत्रमा लामो समयदेखि भइरहेको अवैध कारोबार र गुणस्तरहीन औषधी वितरणमा सरकारले अन्ततः ध्यान दिएको संकेत स्वरूप कान्तिपुर भेटका सञ्चालक ऋषि बडाल पक्राउ परेका छन्। कान्तिपुर भेट डिस्ट्रिव्युटर्सका अध्यक्ष सुना सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए ।
सर्लाहीकी सुवेदी र ललितपुरस्थित कान्तिपुर भेट कम्पनीको नाम अहिले गम्भीर आपराधिक गतिविधिमा जोडिएको छ। काठमाडौँ महानगरपालिका–१३ शंखमुलमा बस्दै आएकी सुवेदी र कम्पनीका सञ्चालक ऋषि बडालमाथि किर्ते कागजात प्रयोग गरी प्रतिबन्धित औषधी आयात र बिक्री गरेको आरोप लागेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का अनुसार, कम्पनीले पशुसेवा विभागबाट अनुमति लिएकोभन्दा बाहिरका औषधीहरू आयात गर्न नक्कली कागजात बनाएको प्रमाण फेला परेको छ।
उक्त कम्पनीले विभागबाट अनुमति प्राप्त फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइन्डर बाहेकका प्रतिबन्धित औषधीहरू आयात गरी बजारमा वितरण गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यस्तो कार्यले पशु स्वास्थ्य, किसानको लगानी, र उपभोक्ताको विश्वास सबैमा ठुलो आघात पुर्याएको छ।
पशु औषधी केवल व्यवसाय होइन, कृषि उत्पादन र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील क्षेत्र हो। यस क्षेत्रमा नक्कली कागजात र अनधिकृत औषधीको कारोबार हुनु राज्य नियमनको कमजोर उपस्थिति र भ्रष्ट सञ्जालको प्रमाण हो। नियामक निकाय पशु सेवा विभाग र औषधी व्यवस्था विभाग दुवैको निष्क्रियताले यस्तो आपराधिक कारोबारलाई वर्षौंदेखि बढावा दिएको छ।
अब आवश्यक छ, दोषीलाई कानूनी दायरामा ल्याएर कडा कारबाही गर्नु र सम्पूर्ण भेटेनरी औषधी आयातकर्ताको पुनः अनुगमन गर्नु। यसरी मात्रै बजारमा फैलिएर गएको नक्कली औषधीको श्रृङ्खला तोड्न सकिन्छ।
यदि यस्ता अपराधीहरूलाई राजनीतिक संरक्षण वा प्रशासनिक ढिलाइका कारण उन्मुक्ति दिइयो भने, यसले न केवल किसानको जीवन र पशु स्वास्थ्यमा संकट ल्याउँछ, तर राज्यको विश्वसनीयता नै धरापमा पर्छ।
सत्य, पारदर्शिता र अनुशासनमा आधारित औषधी बजार निर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता हो । अन्यथा, कान्तिपुर भेटको घटना केवल एउटा चेतावनी भएर सीमित हुनेछ।
बडालमाथि बिना अनुमति उत्पादन, नक्कली लेबल प्रयोग र म्याद नाघेका औषधी पुनःबिक्रीजस्ता गतिविधिमा संलग्न भएको आरोप लागेको छ।
पशु स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधीको दुरुपयोग केवल आर्थिक अपराध होइन । यसले किसानको परिश्रम, जनस्वास्थ्य र पशुजन्य उत्पादनको गुणस्तरमा गम्भीर असर पार्छ। बजारमा नक्कली वा अमानक औषधीले रोग निको पार्ने साटो थप रोग फैलाउने जोखिम बढाउँछ। यस्तो अवस्थामा नियामक निकायको उदासीनता र औषधी आपूर्तिमा देखिएको भ्रष्ट जालोले समग्र प्रणाली नै अविश्वसनीय बनाएको छ।
बडालको पक्राउ सुरुवात हो, अन्त्य होइन। यस्ता अपराधीहरूलाई कानुनी दायरामा ल्याउने कार्य नियमित र निस्पक्ष ढंगले हुनुपर्छ। साथसाथै, औषधी व्यवसायमा संलग्न सबै कम्पनीको अनुगमन र प्रमाणीकरण प्रणाली कडा पारिनुपर्छ। पशु चिकित्सक संघ, उपभोक्ता अधिकारकर्मी र सञ्चारमाध्यमले पनि यस्तो अनियमिततामाथि निरन्तर निगरानी राख्न आवश्यक छ।
यदि सरकारले यस्ता केसलाई उदाहरणीय कारबाहीको रूपमा अघि बढाउन सक्यो भने, पशु औषधी क्षेत्र शुद्धीकरणतर्फ जान सक्छ। नत्र, केही समयको चर्चा र गिरफ्तारीपछि सबै पुरानै ढर्रामा फर्कने खतरा रहन्छ।
जनस्वास्थ्य र कृषिको आधार पशु स्वास्थ्य नै हो । त्यसैले यस क्षेत्रका अपराधीहरूलाई संरक्षण होइन, कठोर कारबाही हुनुपर्छ। यहीँबाट पशु औषधी बजारमा शुद्धताको नयां युग सुरु हुन सक्छ।
