सोम, १४ वैशाख २०८३ / April 27, 2026, Monday
सोम, १४ वैशाख २०८३
Advertisement
banner add

समान न्यायका लागि अतिक्रमित सम्पत्ति पनि फिर्ता हुनुपर्छ

banner add
writter
सोम, १४ वैशाख २०८३
(Shares)

भक्तपुरमा चार वटा नगरपालिका छन् ती सूर्यविनायक नगरपालिका, मध्यपुरथिमी नगरपालिका, भक्तपुर नगरपालिका चाँगुनारायण नगरपालिका हुन् यी स्थानीय तहमा कांग्रेस, एमाले नेपाल मजदुर किसान पाटी (नेमकिपा) का जनप्रतिनिधि छन् भक्तपुरमा वि.सं. २०२१ सालमा जग्गा नापजाँच भएको थियो

व्यक्तिका जग्गा उसैलाई दिइयो अर्थात् लालपूर्जा बाँडियो भने सरकारी, गुठी, ऐलानी, मठमन्दिर, हदबन्दी, तालतलैया, पोखरी, इनार, कुँवा, राजकुलो, वनजंगल, राजपरिवार, खोलानालालगायत जग्गा सरकारको नाममा राखियो भक्तपुरमा लाखौं रोपनी सरकारी जग्गा थियो भन्ने रैथाने स्थानीयहरु अझैपनि छन्

तर, भक्तपुरका सरकारी जग्गा व्यक्तिका नाममा कसरी गयो ? कताको जग्गा गयो ? केही उदाहरण यहाँ उल्लेख भक्तपुर नगरपालिका, सल्लाघारी आर्मी ब्यारेक, चंगा गणेश, खरिपाटी जाने सडकको दायाँबायाँ, दुवाकोटको टेम्पोपार्क, सिर्जनानगर, राधेराधेस्थित भाटभटेनी, निर्माणाधीन पन्ध्र तले भवन, ड्राइभिङ सेन्टर, हाइवेयरलगायत सञ्चालित निकोसेराको पनि अधिकांश जग्गा सरकारी, गुठी, ऐलानी भएको दाबी गरिन्छ

०२९ सालसम्म यी ठाउँमा एउटै घर थिएनन् घारीमात्र थियो नेवारहरुले दाहसंस्कार गर्थे ०३२ सालमा नेमकिपाका एक कार्यकर्ताले सल्लाघारीमा छाप्रो हाले, उनैले ०३५ सालमा ढुंगामाटोको घर बनाए माथि टायलको छानो हालेर त्यसपछि यी ठाउँमा अतिक्रमण शुरु भएको हो एउटा घरबाट अहिले हजारौंको संख्यामा यहाँ घर बनिसकेका छन्

सल्लाघारीस्थित तीनकुने चौर पनि राजपरिवारको जग्गा हो तत्कालिन राजा महेन्द्रले प्रतिरोपनी एक हजार रुपैयाँमा एक सय आठ रोपनी दुई आना एक दाम जग्गा किनेका थिए राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गयो तर, ट्रष्टको बेवास्ताका कारण यो जग्गा व्यक्तिका नाममा गएको वा हड्पेर घरलगायत संरचना बनाइएको अहिले बढीमा ६०६५ रोपनीमात्र जग्गा

तीनकुने चौरनजिक यातायात कार्यालय , त्यसकै अगाडि ठूलो घर जहाँ किरानादेखि चिया, फलफूल पसल ब्यूट्रीपार्लरसम्म सञ्चालन भएको विकुलाल खिउँजुको रहेको सो घर तीन वटा ढुँगेधारा पुरेर बनाइएको स्थानीयको आरोप यद्यपि, नेमकिपाको कार्यकर्ता भएकोले उनले घर सम्पन्नता प्रमाणपत्र पाइरहेका छन्

यता, सूर्यविनायक नगरपालिकाको भवन रहेको आसपासको सबै जग्गा पनि सरकारी भएको बताइन्छ नगरपालिकासँगै सडक डिभिजन, महालेखा परीक्षणलगायतका कार्यालय छन् त्यस वरपरको सबै जग्गा सरकारी भएको दाबी गरिन्छ यद्यपि, यहाँ घर बनिसकेको पहिला नगरपालिका भाडामा बस्थ्यो शुशिला भैरवथान मन्दिरनजिकै भाडामा बस्दाको घरसहित आसपासका जग्गा पनि सरकारी नै भएको बताइन्छ

दशकअघि त्यहाँ ठूलो चौर थियो, जहाँ आल, ढुंगेधारा पिपलको रुख थियो, त्यहाँ मानिसहरु गाईवस्तु चराउँथे, घरायसी प्रयोगका लागि त्यहीबाट पानी लगिन्थ्यो तर, अहिले चौर छैन, आल, ढुंगेधारा पनि छैन पिपलको रुखसमेत आधा काटिएको   चौर रहेको भनिएको ठाउँमा घरैघर बनिसकेको

स्थानीयका अनुसार त्यो चौर वडा नम्बर , का वडाध्यक्ष राजकुमार जोशीकै भाइ नेमकिपाका कार्यकर्ताहरुले कब्जा गरेर घर बनाएका हुन् यतिमात्र होइन, वडाध्यक्ष जोशीले शुशिल भैरवथान मन्दिर बाटो जग्गा मिचेर मन्दिरभन्दा अग्लो घर बनाएका छन् यसरी घर बनाउनेमा प्रेम जोशी श्याम जोशी पनि छन्

भक्तपुरमा जतिपनि सरकारी, गुठी, ऐलानी, मठमन्दिर, वनजंगललगायतका सरकारी जग्गा व्यक्तिका नाममा गएका छन्, त्यसमा एमाले नेता महेश बस्नेत, पूर्वसांसद प्रेम सुवाल, नारायाणमान बिजुक्ँछेको हात रहेको स्थानीयहरु खुलेर बताउँछन् वर्तमान सरकारमा वालेन्द्र शाह (वालेन) प्रधानमन्त्री छन्

अब उनले भक्तपुरसहित देशभर कति सरकारी, गुठी, ऐलानी, मठमन्दिर, पाटीपौवा, चौतारा, ढुंगेधारा, कुँवा, वनजंगल, हदबन्दी बढी, राजपरिवार, खोलानालालगायतको घर कति थियो ? , अहिले कति ? खोजतलास गर्न सिडिओ मालपोत कार्यालयहरुलाई निर्देशन दिनुपर्छ जनताले धेरै विश्वास गरेर वालेनलाई पदमा पुर्याएका छन्

उनीसँग जनताको साथ , त्यसैले देश जनताको हितमा हुने काम गर्न डग्मगाउनुहुन्न प्रधानमन्त्री वालेनले धमाधम निर्णय गर्ने हो, निर्देशन दिने हो विगतमा कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश जनताको हितमा हुने काम गर्नुको साटो आफ्ना कार्यकर्ता आफन्त पोस्ने काम गरे नतिजा आज हामीसामु जनता उनीहरुलाई हेर्ने चाहँदैनन् यदि वालेनले पनि पदमा हुँदा काम नगर्ने हो भने त्यही अवसर नआउँला भन्न सकिन्न

त्यसैले, प्रधानमन्त्री वालेन तातिनुपर्यो सुकुम्बासी हटाएसँगै अतिक्रमित सरकारी सम्पत्ति पुनः राज्यकै स्वामित्वमा ल्याउनुपर्छ ठूला होस् या साना सबैलाई ऐनकानून लाग्छ भन्ने भाष्य अब वालेन सरकारले प्रमाणित गर्नुपर्छ यदि उनी यो काममा सफल भए देशभर वाहावाही हुने नै सँगै कानूनमाथि गुमेको सर्वसाधारणको विश्वास पुनःजागृत हुनेछ

प्रधानमन्त्री वालेनले अहिले गृह मन्त्रालय पनि सम्हालेका छन् यसैले, उनले अतिक्रमित सरकारी जग्गा खोज्न चाँडो निर्देशन दिनुपर्छ किनकि अवसर बारम्बार आउँदैन अहिले प्रधानमन्त्री स्वयम् गृहमन्त्री रहेकोले उनलाई यो काम गर्न सजिलो भोलि गृहमन्त्री आउनेबित्तिकै प्रधानमन्त्रीले यो काम गर्न पाउँदैनन् हस्तक्षेप गरिएको आरोप लाग्नसक्छ

त्यसकारण, अवसर समयको कदर गरौं प्रधानमन्त्रीले सरकारी सम्पत्ति खोजतलास फिर्ता ल्याउनका निम्ति कडा निर्देशन दिन जरुरी बहुमतको सरकारलाई सबैले टेर्ने नै यसैले, अब प्रधानमन्त्रीले ढिलाई नगरौं जसरी वालेनले मेयर हुँदा नसकेको सुकुम्बासी व्यवस्थापन कार्य प्रधानमन्त्री भएपछि गरे

त्यसरी नै मेयर रहँदा नसकेको अतिक्रमित सरकारी सम्पत्ति अब फिर्ता ल्याउनुपर्यो सँगै छिमेक भारत चीनले लगेको वा कब्जा गरेको नेपाली भूभाग पनि फिर्ता ल्याउन पहल गर्नुपर्यो यदि वालेन सरकारले यी काम गरे दशकौंसम्म सत्ता उनकै हातम जानेछ किनकि देश जनताको हितमा काम गर्नेलाई जनताले कहिले निराश बनाउँदैनन्

ads
ads
add
banner add

सम्बन्धित खबर