बिहि, ३१ वैशाख २०८३ / May 14, 2026, Thursday
बिहि, ३१ वैशाख २०८३
Advertisement
banner add

पहिलो पटक ‘कोरिया एजुकेशन फेयर’ काठमाडौंमा हुँदै

banner add
writter
शुक्र, २० भदौ २०८२
(Shares)

काठमाडौँ – कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ । कोरियामा अध्ययन गर्न चाहने तर आवश्यक प्रक्रिया वा जानकारी नपाएका विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिन लागेको हो।

कार्यक्रम आगामी सेप्टेम्बर ६ (भदौ २१ गते) नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुने केक्यानले जनाएको छ। फेयर बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ।

केक्यानका अध्यक्ष विष्णु खड्काका अनुसार; फेयरमा कोरियामा अध्ययनका लागि पूरा गर्नुपर्ने प्रक्रिया, फ्रि काउन्सेलिङ, भिसा प्रक्रिया, प्रविधि, पाठ्यक्रम र डिजाइन सम्बन्धी जानकारी दिइनेछ। साथै सहभागी विद्यार्थीलाई आकर्षक गिफ्ट र फिल्म टिकटको व्यवस्था समेत गरिएको पत्रकार संम्मेलनमा जानकारी गराउनुभयो ।

कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)ले दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्ने घोषणा गरेको छ। यस किसिमका शैक्षिक मेलाले नेपाली विद्यार्थीलाई वैदेशिक शिक्षा सम्बन्धी सही र प्रत्यक्ष जानकारी उपलब्ध गराउने महत्वपूर्ण अवसर प्रदान गर्दछ।

शिक्षा विदेशमा लिन चाहने धेरै विद्यार्थी प्रक्रियागत जानकारीको अभाव, गलत परामर्श वा भ्रमकै कारण समस्यामा पर्छन्। यस्तो अवस्थामा व्यावसायिक संस्थाले सामूहिक रूपमा फेयरमार्फत जानकारी उपलब्ध गराउनु सराहनीय कार्य हो। यसले विद्यार्थीलाई पढाइ, पाठ्यक्रम, प्राविधिक विषय, भिसा प्रक्रिया लगायतका विषयबारे स्पष्टता दिनेछ।

त्यसैगरी, विद्यार्थीलाई लक्षित गरी गरिएको निशुल्क प्रवेश, परामर्श र जानकारी प्रदान गर्ने व्यवस्था सकारात्मक छ। यसले आर्थिक हैसियतका कारण जानकारी पाउन नसक्ने विद्यार्थीलाई पनि लाभान्वित गर्नेछ।

यद्यपि, यस्ता मेलामा दिइने जानकारी पूर्ण रूपमा तथ्यमा आधारित, पारदर्शी र विद्यार्थीमैत्री हुनुपर्छ। केवल आकर्षक गिफ्ट वा प्रचारप्रसारमा सीमित नभई विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर काम गर्न आवश्यक छ।

निवर्तमना अध्यक्ष गणेश शर्माका अनुसार फेयरमा सहभागी विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि आवश्यक पूर्व तयारी, शैक्षिक निति, विषय चयन, विश्वविद्यालय र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी प्राप्त गर्न सक्नेछन्। साथै प्रविधि, पाठ्यक्रम र डिजाइनसम्बन्धी जानकारी पनि उपलब्ध गराइनेछ भन्नु भयो ।

केक्यानको यो पहललाई स्वागत गर्दै सम्पूर्ण सहभागी संस्थाले गुणस्तरीय र जिम्मेवार परामर्श दिने प्रतिबद्धता जनाउनु आजको आवश्यकता हो। यसरी मात्रै विद्यार्थीले विदेश अध्ययनका लागि सचेत निर्णय लिन सक्नेछन्।

 

ads
ads
add
banner add

सम्बन्धित खबर