काठमाडौँ । देश संकट वा असामान्य परिस्थितिमा पुगेका बेला राज्यको सबैभन्दा ठूलो भरपर्दो संयन्त्र सुरक्षा निकाय हो । विशेषगरी नेपाल प्रहरीप्रति जनताले राखेको अपेक्षा ठूलो छ । प्रहरी मात्र कानुन कार्यान्वयन गर्ने निकाय होइन, यो संस्था शान्ति, सुरक्षाको आधारस्तम्भ र नागरिकको सुरक्षाको पहिलो ढाल पनि हो ।
अहिले देशमा राजनीतिक अस्थिरता, आन्दोलन, असन्तुष्टि र अपराधका घटना बढिरहेका छन् । यसले प्रहरीमाथि थप दायित्व बढाएको छ । कतिपय घटनामा प्रहरीको मनोबल कमजोर भएको, अनुशासनमा असर पुगेको र जनविश्वास घटेको देखिन्छ । यस्तो अवस्थामा नेपाल प्रहरीले आत्मालोचना गर्दै आत्मविश्वास पुनःस्थापना गर्नैपर्छ ।
आगजनीबाट जलेको प्रहरी वृत्त सरसफाइ भइरहेको छ। त्यहाँका भौतिक संरचना र कागजात जलेका छन्। “के–कति सामान क्षति भयो हेर्ने काम हुँदैछ। सबै विवरण पनि संकलन गर्नुप¥यो। केही दिन त प्रहरीले आफ्नै कार्यालयमा भएको क्षतिको विवरण नै संकलन गर्नेमा समय लगाउनुपर्ने अवस्था छ,” ।
प्रहरी अधिकृतका अनुसरा शान्तिसुरक्षा दिने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेका सेवक भएको हुँदा कर्तव्य नबिर्सिने बताइरहेका थिए। “हामी त कोही व्यक्तिका प्रहरी होइनौँ, यो राज्यका सुरक्षाकर्मी हौँ। शान्तिसुरक्षा कायम गर्न र कुनै क्षति हुन नदिन खटिएका छन्,” “तर प्रदर्शनकारीले नेपाल प्रहरीलाई नै निशाना बनाए। कार्यालयमा आगजनी गरे। सवारी साधन जलाए। नियन्त्रणमा लिएर कुटपिट गर्ने काम भयो यो घोर अमानवीय कार्य हो ।”
प्रहरीले आफ्नो भूमिका केवल आदेश पालनामा सीमित गर्नु हुँदैन । कानुनसम्मत ढंगले शान्ति कायम गर्न, अपराध नियन्त्रण गर्न र नागरिकलाई निडर वातावरण दिने दिशामा तत्पर रहनुपर्छ । यसका लागि सबैभन्दा जरुरी कुरा प्रहरीभित्रको मनोबल उच्च राख्नु हो । मनोबल गुमाएसम्म संगठनको क्षमता क्षीण हुन्छ, तर उच्च मनोबलका साथ ड्युटीमा फर्किने प्रहरी मात्र जनताको भरोसा जित्न सक्छ ।
राजनीतिक दबाब, आलोचना वा कठिनाइलाई पन्छाउँदै प्रहरी आफ्नो पेशागत धर्ममा अडिग हुनुपर्छ । प्रहरीको बल, आचरण र कर्म नै यसको प्रतिष्ठा हो । त्यसैले, आजको आवश्यकताअनुसार नेपाल प्रहरीले आफूलाई थप व्यावसायिक, जनमैत्री र अनुशासित बनाएर सेवा–प्रदर्शन गर्नुपर्छ ।
नेपाल प्रहरीलाई जनताले शक्तिको प्रयोग गर्ने निकाय होइन, बरु जनताको सुरक्षामा समर्पित साथीका रूपमा अनुभव गर्न पाउनुपर्छ । यही धारणा दृढ बनाउन प्रहरी अधिकारीदेखि सामान्य जवानसम्म सबैले उच्च मनोबलसहित आफ्नो ड्युटीमा फर्किनु आजको मुख्य आवश्यकता हो ।