आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

बढ्दो तनावबीच सकारात्मक संकेत

banner add
writter
शुक्र, २७ चैत २०८२
(Shares)

निगरानी ब्यूरो/ताइवान । एशियाली भू-राजनीतिमा संवेदनशील मानिएको ताइवान चीन बीचको सम्बन्ध पछिल्लो समय फेरि नयाँ संकेतहरूका साथ अगाडि बढिरहेको देखिन्छ। लामो समयदेखि तनाव, शक्ति प्रदर्शन र कूटनीतिक आरोप–प्रत्यारोपले भरिएको यो सम्बन्ध अहिले केही फरक दिशातर्फ उन्मुख हुने संकेत देखिएका छन्।

हालै दुवै पक्षबाट आएका केही अभिव्यक्तिहरूले संवादको सम्भावना पूर्ण रूपमा समाप्त नभएको सन्देश दिएका छन्। चीन ले एक चीन नीति प्रति आफ्नो अडान दोहोर्‍याइरहँदा ताइवान भने आफ्नो लोकतान्त्रिक अस्तित्व र स्वायत्तताको रक्षा गर्न प्रतिबद्ध देखिन्छ।

यद्यपि, प्रत्यक्ष टकरावभन्दा व्यवस्थापनमुखी सम्बन्धतर्फ जानुपर्ने आवश्यकता दुवै पक्षले महसु चीनको राजधानी बेइजिङमा आज बिहान राष्ट्रपति सि जिनपिङसँग ताइवानको कोमिन्ताङ पार्टी (केएमटी) अध्यक्ष चङ ली उनले भेट गरेपछि चीन र ताइवानमा बेग्लै तरंग उत्पन्न भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीसँग केएमटीकी अध्यक्ष चङ नेतृत्वको प्रतिनिधिमण्डलले गरेको छलफललाई विशेष रुपमा लिइएको छ ।

पछिल्लो एक दशकमा केएमटी अध्यक्षले चिनियाँ मुख्यभूमि भ्रमण गर्दै औपचारिक भेटघाट गरेको यो पहिलो घटना हो। सीपीसीको निमन्त्रणामा चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङ आउनुअघि चियाङ्सु प्रान्त र सांघाइको समेत भ्रमण गरेको थियो। उक्त भ्रमणलाई चीन–ताइवानबीच संवाद पुनः सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार, राजनीतिक तनावबीच यस्तो उच्चस्तरीय भेटले सम्बन्ध सुधारको संकेत दिएको छ । स गरिरहेका छन्।

 

अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा पनि यसको प्रभाव स्पष्ट छ। विशेषगरी संयुक्त राज्य अमेरिका को भूमिकाले यो सम्बन्धलाई अझ जटिल बनाएको छ। अमेरिकाले ताइवानलाई सुरक्षा सहयोग उपलब्ध गराउँदै आएको छ भने चीनले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपको रूपमा हेर्ने गरेको छ।

यद्यपि, हाल देखिएका संकेतहरूले पूर्ण द्वन्द्वतर्फ भन्दा नियन्त्रित प्रतिस्पर्धा र सीमित संवादतर्फको सम्भावना देखाएका छन्। आर्थिक अन्तरनिर्भरता, क्षेत्रीय स्थिरताको आवश्यकता र विश्वव्यापी दबाबले पनि दुवै पक्षलाई संयमित रहन प्रेरित गरेको देखिन्छ।

अब प्रश्न उठ्छ—यी संकेतहरू दीर्घकालीन सहकार्यतर्फ जाने हुन् कि केवल सामयिक रणनीतिक चाल मात्र हुन्? यसको उत्तर समयले दिनेछ। तर स्पष्ट के छ भने ताइवान चीन बीचको सम्बन्ध केवल द्विपक्षीय विषय नभई विश्व राजनीति कै एक महत्वपूर्ण धुरी बनेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर