निगरानी ब्यूरो/सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला हिमाली गाउँपालिका अर्थात तत्कालिन थाङपाल गाउँ विकास समिति हाल पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ४ मा बि.सं. २०३३ साल असार १९ गते पिता शेर्पा लामा र माता निरमाया लामाको कोखबाट जन्मिएका सन्तान हुन् ।
टासी लामा, नेपाली राजनितिमा एउटा उदाउँदो नक्षेत्रका रुपमा परिचित छन् । अध्यक्ष लामाले स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् ।नेपाली, हिन्दी, बौद्ध भाषा तथा अंग्रजी भाषा लगाएतका अन्य भाषामा पोक्त छन् । वि.सं. २०५१ साल भदौ ५ गतेबाट आफ्नो राजनितक यात्रा शुरु गरेका लामा अनेरास्ववियु १२ आै जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका थिए । त्यस पछि नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघको केन्द्रिय उपाध्यक्षका रुपमा काम गरिसकेका छन् । यति मात्र होइन ! नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीमा ४ कार्यकाल संगठन विभाग प्रमुख काम गर्ने अवश्वर मिल्यो उनलाई । अहिले पनि उनी नेकपा एमाले बाग्मती प्रदेश कमिटी सदस्यका रुपमा सक्रिय छन् । वि.सं. २०७४ सालको स्थानिय निर्वाचनमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रमुखको रुपमा निर्वाचित भए । उनको पहिलो कार्यकालमा गरेको कामका आधारमा विभिन्न जनतामुखी कामले नै उनलाई दोश्रो पटकको निर्वाचनमा पनि जित दिलायो ।
स्थानीय राजनीतिदेखि राष्ट्रिय नेतृत्वको वृतमा प्रवेश गर्न सक्नु सहज यात्रा भने होइन ! राजनीतिक प्रतिस्पर्धा, जनविश्वास, कार्यशैली र संगठनप्रतिको प्रतिबद्धता —यी सबै तत्वहरू एकसाथ मिल्दा मात्र यस्तो उचाइ सम्भव बन्छ । यही पथमार्ग सफलतापूर्वक पार गर्दै आएका छन् टासी लामा, जो दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि अहिले एमालेको केन्द्रीय सदस्यताका बलियो उम्मेदवारका रूपमा अगाडि बढिरहेका छन्।
टासी लामाको राजनीतिक यात्राको आधार स्थानीय नेतृत्वको पहिचान हो । अध्यक्षको रूपमा उनले गरेको काम, जनतासँगको प्रत्यक्ष पहुँच र उत्तरदायित्व बोध—यी सबै तत्वहरूले उनलाई पुनः जनमत प्राप्त गराएर सशक्त स्थानीय नेता बनाएको छ । स्थानीय तहमा निरन्तरता मिल्नु भनेको नेतृत्वप्रतिको जनविश्वास र कामको मूल्यांकन हो, जुन लामाले स्पष्ट रूपमा हासिल गरेका छन्।
स्थानीय नेतृत्वबाट केन्द्रीय भूमिकातर्फको यात्रामा संगठनात्मक अनुभव विशेष महत्त्व राख्छ । लामाले स्थानीय विकास, संरचनागत सुधार, जनसेवा र सुशासनमा देखाएको सक्रियताले पार्टीभित्र पनि उनीप्रति सकारात्मक सन्देश पुर्याएको देखिन्छ । यस्ता अनुभव केन्द्रीय तहमा आवश्यक हुने व्यवहारिक समझ, संयमता र जिम्मेवारी बोधका आधार पनि बन्न सक्छन्।
एमाले केन्द्रीय सदस्यता केवल पद होइन, नीति निर्माणदेखि संगठन विस्तारसम्म गम्भीर जिम्मेवारीको चरण हो । यसैसार्थ, स्थानीय क्षेत्रमा दोहोरो म्यान्डेट पाएर आएका नेताहरूलाई पार्टीले उच्च भूमिकामा प्रवेश गराउनु स्वाभाविक मानिन्छ । यदि लामाजस्तै स्थानीय स्तरमा सफल भइसकेका नेताहरू केन्द्रीय नेतृत्वमा प्रवेश गर्छन् भने संगठनभित्र नयाँ ऊर्जा, भौगोलिक प्रतिनिधित्व र स्थानीय मुद्दाको आवाज अझ सशक्त रूपमा प्रस्तुत हुन सक्छ ।
- पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको विद्यार्थी राजनीतिक यात्रा
वि.सं. २०५१ साल भदौ ५ गतेबाट आफ्नो राजनितक यात्रा शुरु गरेका लामा अनेरास्ववियु १२ आै जिल्ला सम्मेलनबाट अध्यक्ष निर्वाचित भएका थिए । सिन्धुपाल्चोक जिल्लाको हिमाली गाउँपालिका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको विद्यार्थी राजनीतिक यात्रा निकै संघर्षपूर्ण र पारिवारीक कठिनाइका बावजुत राजनीति केवल पद प्राप्तिको प्रक्रिया मात्र होइन । दीर्घ समयको अभ्यास, अनुभव र जनतासँगको सम्बन्धले निर्माण हुने नेतृत्व हो भन्ने पाठ सिकायो । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको दुई कार्यकालको राजनीतिक उचाइ हेर्दा यसका जरा विद्यार्थी राजनीतिक अनुभव मै मजबुत रूपमा गाडिएका देखिन्छन्। विद्यार्थी जीवनमा सुरु भएको सक्रियता र संघर्षकै मार्गले आज उनी गाउँपालिकाको जिम्मेवार नेतृत्वमा उभिन सफल भएका छन् भन्दा फरक नपर्ला।
विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रामा टासी लामाले पहिलो पाठ समस्या पहिचान र समाधान खोज्ने क्षमता सिके। विद्यालयदेखि क्याम्पस तहसम्म विद्यार्थीहरूले सामना गर्ने शैक्षिक चुनौती, प्रशासनसँगको समन्वय, र सहपाठीहरूका मुद्दामा आवाज उठाउने कार्यमै उनी अगाडि देखिन्थे। यही सक्रियताले उनलाई संगठनतर्फ परिचित गरायो र नेतृत्वका प्रारम्भिक कौशलहरू विकास गर्न सहयोग पुर्यायो।
क्याम्पस राजनीतिमा प्रवेशसँगै टासी लामाको क्षमताले नयाँ आयाम पायो। नियमित बैठक, छलफल, कार्यक्रम सञ्चालन र विद्यार्थी हकहितका अभियानमा संलग्न रहँदा उनको संगठनात्मक परिपक्वता बलियो हुँदै गयो। विद्यार्थी आन्दोलनहरूमा संयमित तर दृढ उपस्थितिले उनले सहकर्मीहरूलाई एकताबद्ध राख्न र प्रशासनसँग संवादमार्फत समाधान खोज्न सिकायो। यसले उनलाई नेतृत्वको गहिरो अभ्यास मात्र होइन, जनसम्पर्क विस्तारको व्यवहारिक आधार पनि बनाइदियो।
विद्यार्थी राजनीतिले नै उनलाई समुदायसँग नजिक बनायो। शिक्षा, संरचना, सुशासन, असमानता र स्थानीय मुद्दाहरू बुझ्ने अवसर विद्यार्थी चरणमै प्राप्त गर्दा उनले समाजका वास्तविक आवश्यकताहरूलाई नजिकबाट हेर्ने दृष्टि विकास गरे। यही दृष्टिले पछि स्थानीय स्तरमा जिम्मेवारीका साथ काम गर्न मद्दत गर्यो। विद्यार्थी राजनीतिमा सिकेको संगठन सञ्चालन, समस्या समाधान र जनतासँग प्रत्यक्ष संवाद गर्ने सीप नै उनको राजनीतिक यात्राको मेरुदण्ड बन्यो।
- पाँचपोखरी थाङ्पाल गाउँपालिका स्वास्थ्य सेवामा सिन्धुपाचोक जिल्लाकै उत्कृष्ट
सिन्धुपाल्चोक जिल्लाको भौगोलिक बनावट जटिल छ । हिमालदेखि पहाड र बस्ती बिखरिएका। यस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा देखाएको प्रगति वास्तवमै प्रशंसनीय छ। हालै जिल्ला स्तरमा उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिका घोषित भएको प्रमाण हो।
गाउँपालिकाले विगत केही वर्षयता प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई सुदृढ पार्दै, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, मातृ–शिशु स्वास्थ्यमा विशेष ध्यान, खोप अभियानको प्रभावकारी कार्यान्वयन र स्थानीय तहमै स्वास्थ्य बीमा विस्तारजस्ता पहलहरूलाई निरन्तरता दिँदै आएको छ।
यसले जनताको स्वास्थ्य अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न सहयोग पुर्याएको छ।त्यो मात्र होइन, पाँचपोखरी थाङ्पालले सूचना प्रविधिको प्रयोग गर्दै स्वास्थ्य सेवा सहज र पारदर्शी बनाएको छ।
स्वास्थ्य सेवा पहुँचमा नपुगेका दुर्गम बस्तीमा मोबाइल स्वास्थ्य शिविर सञ्चालन र स्थानीय स्वयंसेवकमार्फत जनचेतना अभिवृद्धि कार्यक्रमले उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
यस्ता सफलताले देखाउँछ कि इच्छाशक्ति, योजनाबद्ध कार्यान्वयन र जनसहभागिताले विकासका अवरोध तोड्न सकिन्छ। अब यो उपलब्धिलाई स्थायी र व्यापक बनाउन स्वास्थ्य पूर्वाधार थप सुदृढीकरण, जनशक्ति व्यवस्थापन, र गुणस्तरीय औषधि तथा उपकरण सुनिश्चित गर्न निरन्तर लगानी आवश्यक छ।
- कार्यसम्पादनमा पनि तउकृष्ट, सूचना र प्रविधिमा उत्कृष्ट पाँचपोखारी थाङपाल गाउँपालिकाको नमुना
पाँचपोखरी थाङ्पाल गाउँपालिकाको यो उपलब्धि केवल गाउँपालिकाको गौरव होइन, सम्पूर्ण सिन्धुपाल्चोककै प्रेरणाको स्रोत हो। यसबाट अन्य स्थानीय तहहरूले पनि सिक्न सक्नेछन् । कि सीमित स्रोत र कठिन भूगोलले होइन, दृढ संकल्प र पारदर्शी नेतृत्वले नै विकास सम्भव हुन्छ।
पछिल्लो समय सूचना र प्रविधिको क्षेत्रमा विश्वले अग्रगामी फड्को मार्दै गर्दा नेपालमा पनि यसको विकास भइरहेको छ । नेपालका स्थानीय तहहरूले प्रविधिको प्रयोग गर्दै आफ्ना कामलाई जनस्तरसम्म पु¥याउने क्रम जारी नै छ । सोही क्रममा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले स्थानीय तहहरूमै पहिलो पटक पालिकाभरी डिजिटल प्रोफाइ तयार तथा डिजिटल घरधुरी नम्बर प्रदान गरेको छ ।
आजको युग सूचना र प्रविधिबाटै परिभाषित हुन्छ । प्रविधिको प्रभावकारी प्रयोगले मात्र प्रशासनिक सेवा सरल, पारदर्शी र जनमैत्री बनाउन सकिन्छ। यसै सन्दर्भमा पाँचपोखरी थाङपाल गाउँपालिकाले सूचना र प्रविधिको प्रयोगमा देखाएको उत्कृष्टता प्रशंसनीय छ ।
गाउँपालिकाले सेवा प्रवाहलाई डिजिटाइज गर्ने, नागरिकलाई अनलाइनमार्फत सहज पहुँच दिने, इगभर्नेन्सलाई प्राथमिकतामा राख्ने, र सूचना पारदर्शितामा जोड दिने कार्यले यसलाई नमुना स्थानीय तहको रूपमा उभ्याएको छ ।
डिजिटल दर्ता प्रणाली, सूचना व्यवस्थापन, अनलाइन सेवा वितरण र प्रविधिमैत्री कार्यशैलीले नागरिकलाई समय, खर्च र श्रमको बचत मात्र गरेको छैन, स्थानीय शासनप्रतिको विश्वास पनि बढाएको छ ।
स्थानीय तहले बस्तुगत विवरण एचयाष्भि तयार गर्नका लागि व्यवसायिक संस्थारफर्म मार्फत उक्त कार्य गराउन त्इच् तयार गरिएको छ । प्रचलित कानुनी व्यवस्था अनुसार दक्षताका आधारमा व्यवसायिक फर्म छनौट गरी पारदर्शी प्रक्रिया र जनसहभागितामूलक विधि अपनाई गाउँ र नगर वस्तुस्थिति विवरण कार्यविधि, २०७५ मा उल्लेख भए बमोजिम पालिकाका वस्तुगत विवरण तयार गर्ने उद्देश्यसहित गाउँपालिकाले हरेक घरमा डिजिटल बोर्ड राखेको हो ।
यसबाट जिआइएस आधारित भू–सूचना व्यवस्थापन, डिजिटल डेटा संकलन र व्यवस्थापन प्रणालीको स्थापना, विपद पोर्टलसँग समायोजना र आपतकालीन व्यवस्थापन, स्थानीय तहको विकास योजनासँग समन्वय, विविध क्षेत्रगत तथ्यांक व्यवस्थापन, स्थानीय तहका नागरिक सेवा प्रणाली सुधार, मानवीय स्रोत क्षमता अभिवृद्धि, सरोकारवाल निकायहरूसँग समन्वय, स्थानीय अर्थतन्त्र र विकासका लागि तथ्यांक व्यवस्थापन र तथ्यांक तथा प्रोफाइलको निरन्तर अद्यावधिक लगायतका काम गर्न देशभरका अन्य स्थानीय तहहरूले हालसम्म यो तवरले काम शुरु गरेका छैनन् ।
नेपालका धेरै स्थानीय तहहरू अझै कागजपातमै अड्किएका छन् प्रविधि प्रयोगमा जनशक्ति, सीप र पूर्वाधारको कमी देखिन्छ । यस्ता चुनौतीबीच पाँचपोखरी थाङपालले देखाएको सफलता अन्य स्थानीय तहका लागि मार्गदर्शक बन्न सक्छ ।
निष्कर्षमा भन्नुपर्दा, सूचना र प्रविधिको उपयोगमार्फत सेवा प्रवाहमा सुधार ल्याएको पाँचपोखरी थाङपाल गाउँपालिका उत्कृष्ट अभ्यासको उदाहरण बनेको छ । यसको निरन्तरता र विस्तारले मात्र यसलाई दीर्घकालीन रूपमा जनमैत्री सुशासनमा रुपान्तरण गर्न सक्नेछ ।
- पाँचपोखरिमा टेलिकम टावरको अनुमती सुइकृत
पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्न आवश्यक स्वीकृति अन्ततः प्राप्त भएको छ। निकुञ्जको अनुमतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक र स्थानीय बासिन्दाले लामो समयदेखि प्रतीक्षा गरेको दूरसञ्चार सेवा पाउने अपेक्षा गरिएको छ।
सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्र लामो समयदेखि सञ्चार पहुँचको अभावले थिचिँदै आएको क्षेत्र हो। दुर्गम भू–भौगोलिक अवस्था, कमजोर पूर्वाधार र सीमित प्रविधिक पहुँचका कारण यहाँका बासिन्दा मोबाइल र इन्टरनेट सेवाबाट बञ्चित हुँदै आएका थिए। तर हालै पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापनाको अनुमति प्राप्त भएको खबरले स्थानीयमा नयाँ उत्साह र आशा जगाएको छ।
सञ्चार सेवा अबको युगमा केवल सुविधा होइन, विकासको मेरुदण्ड हो। सूचना, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवाको डिजिटल रूपान्तरणका लागि विश्वसनीय टेलिकम नेटवर्क अत्यावश्यक छ।
पाँचपोखरी क्षेत्रमा टावर स्थापनाले न केवल जनतामा सूचना पहुँच सहज बनाउनेछ । बरु आर्थिक गतिविधिलाई पनि बल पुर्याउनेछ। पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा इन्टरनेट र मोबाइल सेवाको विस्तारले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउनेछ।
स्थानीय तहले पनि यो परियोजनालाई दिगो रूपमा अघि बढाउन सहयोग र अनुगमनमा सक्रिय रहनु जरुरी छ। टावर स्थापनासँगै विद्युत आपूर्ति, सुरक्षा व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन र स्थानीय जनसहभागितामा ध्यान दिइनुपर्छ। यसले परियोजना दीर्घकालीन रूपमा सफल र सर्वस्वीकार्य बन्नेछ।
पाँचपोखरी थाङ्पालका बासिन्दा वर्षौँदेखि प्रतीक्षा गरिरहेको सञ्चारको उज्यालो अब नजिकिएको छ। यो पहल सफल भएमा यसले केवल पाँचपोखरीलाई मात्र होइन, सम्पूर्ण सिन्धुपाल्चोकको सञ्चार विकास यात्रालाई नयाँ उचाइमा पुर्याउनेछ।
पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाका अनुसार तीन वर्षदेखि निरन्तर प्रयास जारी राख्दै आएकोमा अन्ततः निकुञ्जबाट टावर स्थापनाको अनुमति प्राप्त भएपछि आफू अत्यन्तै हर्षित भएको बताउनुभयो। उहाँका अनुसार यो अनुमति प्राप्त भएपछि अब छिट्टै टेलिकम टावर निर्माण कार्य सुरु गरिनेछ।
तर, नेतृत्वको उचाइ बढेसँगै जिम्मेवारी पनि बढ्ने निश्चित छ । पार्टीभित्रको बहस, राष्ट्रिय मुद्दाहरूको समाधान, विकास, शान्ति, समृद्धिमाथि स्पष्ट दृष्टिकोण र निर्णय क्षमतामा परिपक्वता यी गुणहरूले मात्र केन्द्रीय भूमिकामा सफल हुन मद्दत गर्छन् । टासी लामाले आफ्नो स्थानीय अनुभवलाई अब राष्ट्रिय राजनीतिक दृष्टिकोणमा रूपान्तरण गर्न सके पार्टी र जनताका लागि थप योगदानको बाटो खुल्छ ।
अन्ततः, स्थानीय नेतृत्वको सफलताबाट केन्द्रीय भूमिकासम्मको यात्रामा टासी लामा जस्ता व्यक्तित्वहरू उठाउनु नेपालका राजनीतिक संरचनामा सकारात्मक परिवर्तनको संकेत हो । स्थानीय अनुभव राष्ट्रिय नीतिमा मिसिनु लोकतन्त्रको बलियो आधार हो । अब जिम्मेवारी लामाकै हातमा छ । उनी यो उचाइलाई संगठन, जनहित र राष्ट्रहितका लागि कसरी प्रयोग गर्छन्, समयले मूल्यांकन गर्नेछ।
-पर्यटकीय क्षेत्रमा उल्लेखनीय योजनाका साथ विश्वका पर्यटक भित्राउने गाउँपालिकाको लक्ष्य- फिचर स्टोरी खोजपत्रकार जीवन शर्माले स्थानीय सरोकार पत्रिका २०८० भाद्र अंकमा समावेश गरेका छन् ।