बिहि, २१ जेठ २०८३ / June 4, 2026, Thursday
बिहि, २१ जेठ २०८३
Advertisement
banner add

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी तालिम विराटनगरमा सुरु

banner add
writter
बिहि, २१ जेठ २०८३
(Shares)

विराटनगर । वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा कार्यरत निकायहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी तालिम सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी तालिम विराटनगरमा सुरु

विराटनगर, असार ४ गते । वित्तीय अपराध तथा सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा कार्यरत निकायहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराध नियन्त्रणसम्बन्धी तालिम सुरु भएको छ।

तालिममा नेपाल प्रहरी, सरकारी वकिल कार्यालय, राजस्व अनुसन्धान, बैंकिङ क्षेत्र तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी रोकथाम, वित्तीय अपराधको अनुसन्धान तथा कानुनी प्रक्रियासम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ।

कार्यक्रमका वक्ताहरूले वित्तीय अपराधका नयाँ प्रवृत्तिहरू चुनौतीका रूपमा देखा परिरहेको उल्लेख गर्दै यस्ता अपराध नियन्त्रणका लागि अन्तरनिकाय समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति विकास अपरिहार्य रहेको बताए। उनीहरूले सम्पत्ति शुद्धीकरणले मुलुकको आर्थिक प्रणाली, सुशासन र लगानी वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रभावकारी नियन्त्रण आवश्यक रहेको धारणा व्यक्त गरे।

तालिम अवधिभर सहभागीहरूलाई वित्तीय अपराध अनुसन्धानका व्यावहारिक पक्ष, अन्तर्राष्ट्रिय मापदण्ड, कानुनी व्यवस्था तथा सफल अनुसन्धानका अनुभवहरूबारे जानकारी गराइने आयोजकले जनाएको छ।

वित्तीय प्रणालीलाई पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन यस्ता तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर