मङ्गल, २१ असोज २०८२ / October 7, 2025, Tuesday
मङ्गल, २१ असोज २०८२
Advertisement
banner add

नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँ : मोदी

writter
आइत, १९ असोज २०८२
(Shares)

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै दिएको वक्तव्य “नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न भारत सधैँ तयार छ”  । दुई देशबीचको ऐतिहासिक मित्रता र पारस्परिक विश्वासलाई पुनः स्मरण गराउने सन्देश हो। भौगोलिक, सांस्कृतिक, धार्मिक र आर्थिक दृष्टिले नेपाल–भारतका सम्बन्धहरू गहिरा र अविभाज्य छन्। त्यसैले भारतबाट आएको यस्तो आश्वासन नेपालका लागि अवसर र जिम्मेवारी दुवै हो।

नेपाल विकासोन्मुख देश हो, जसलाई ऊर्जा, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा सहयोग आवश्यक छ। भारतले ती क्षेत्रमा साझेदारी बढाउने प्रतिबद्धता जनाउनु सकारात्मक कुरा हो। तर, सहयोग सधैँ समान सम्मान र पारदर्शितामाथि आधारित हुनुपर्छ। सहयोगको नाममा हस्तक्षेप वा निर्भरता बढ्ने अवस्था सिर्जना हुनुहुँदैन।

अन्तर्राष्ट्रिय सम्बन्ध आपसी हित र विश्वासमा टेकेको हुन्छ। भारतले नेपाललाई विकासको साझेदारका रूपमा लिएको हो भने नेपालले पनि आफ्नो नीति, प्राथमिकता र स्वाभिमान स्पष्ट राख्दै सहयोग ग्रहण गर्नुपर्छ। आपतकालीन राहतदेखि दीर्घकालीन विकास परियोजनासम्म, भारत–नेपालको सहकार्य पारदर्शी र नतिजामूलक हुन सकेमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुनेछ।

त्यसैले, मोदीको यो अभिव्यक्तिलाई केवल राजनीतिक वक्तव्यका रूपमा होइन, व्यवहारिक साझेदारीतर्फको अवसरका रूपमा लिनु आवश्यक छ। नेपालको हित र स्वाभिमानलाई केन्द्रमा राख्दै भारतसँगको सम्बन्ध सन्तुलित ढंगले अघि बढाउनु आजको आवश्यकता हो।

ads

सम्बन्धित खबर