बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

पाँचपोखरी थाङपालको १९औँ गाउँसभा : ६२ करोडभन्दा बढीको बजेटसहित विकासको नयाँ खाका

banner add
writter
बुध, १० असार २०८३
(Shares)

सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गर्दै गाउँसभाले विकास र समृद्धिको नयाँ मार्गचित्र सार्वजनिक गरेको छ।

गाउँसभाका सभाध्यक्ष टासि लामाले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सुशासनलाई प्राथमिकतामा राखिएको जानकारी दिए। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै दिगो विकास र नागरिकको जीवनस्तर उकास्ने लक्ष्यसहित कार्यक्रम तय गरिएको उनले बताए।

उपाध्यक्ष सुनिता अधिकारीको अनुमतिमा गाउँपालिका प्रवक्ता नारायण भट्टराईले आगामी आर्थिक वर्षका लागि कुल ६२ करोड १७ लाख ९३ हजार १ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। प्रस्तुत बजेटले गाउँपालिकाको आर्थिक तथा सामाजिक रूपान्तरणलाई गति दिने अपेक्षा गरिएको छ।

गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइँकेलले सभामा विभिन्न निर्णयहरू प्रस्तुत गरेका थिए। अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय सरकारको वार्षिक नीति तथा बजेट केवल आयव्ययको दस्तावेज मात्र नभई विकासको दिशानिर्देशक मार्गचित्र पनि हो। पाँचपोखरी थाङपाल गाउँपालिकाले प्रस्तुत गरेको बजेटले पूर्वाधार निर्माणसँगै उत्पादन, रोजगारी सिर्जना र सेवा प्रवाह सुधारलाई केन्द्रमा राखेको देखिन्छ। यद्यपि बजेटको सफलता त्यसको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र जनउत्तरदायित्वमा निर्भर रहनेछ।

गाउँपालिकाले लिएको ‘समृद्ध पाँचपोखरी थाङपाल’को लक्ष्य हासिल गर्न नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्ने चुनौती अब सुरु भएको छ। जनप्रतिनिधि, कर्मचारी र स्थानीय समुदायबीचको सहकार्यले मात्र बजेटका लक्ष्यहरूलाई मूर्तरूप दिन सक्ने भएकाले आगामी वर्ष कार्यान्वयनको वर्षका रूपमा परिणाममुखी बन्नुपर्ने आवश्यकता देखिन्छ।

ads
ads
add
banner add

सम्बन्धित खबर