स्थानीय सरनेकार/ भाेजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छिन् ।
नेकपा एमाले प्रदेश कमिटीको बैठकले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि उनले आजको मितिबाट लागू हुनेगरी उपप्रमुख पदबाट राजीनामा दिएकी हुन् । उनले एक भिडियो सन्देश जारी गर्दै आफ्नो क्षमता, जिम्मेवारी र अनुभवले भ्याएसम्म नगरबासीको हितमा काम गरेको बताएकी छन् ।
भनेकी छिन्,‘म आबद्ध पार्टी नेकपा एमाले प्रदेश कमिटीको बैठकबाट पार्टीको सदस्यसमेत नरहनेगरी कारबाही गरिएको हुनाले आफू आबद्ध पार्टीले कारबाही गरेपछि सोही पार्टीबाट निर्वाचित भएको पदमा नैतिक रुपमा रहन उचित नभएकाले आजकै मितिबाट उपप्रमुख पदबाट राजीनामा दिएको व्यहोरा सम्पूर्ण नगरबासीलाई जानकारी गराउन चाहन्छु ।’