शुक्र, ०२ असोज २०८३ / September 18, 2026, Friday
शुक्र, ०२ असोज २०८३
Advertisement
banner add

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

banner add
writter
शुक्र, ०२ असोज २०८३
(Shares)

सिन्धुपाल्चोक। पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा असोज १ र २ गते आयोजित दुईदिने समीक्षा कार्यक्रम गाउँपालिका अध्यक्ष टासी लामाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, आर्थिक प्रशासन शाखा प्रमुख विक्रम पनेरु, प्रशासन शाखा प्रमुख रामप्रसाद न्यौपानेसहित सरोकारवालाको सहभागिता रहेको थियो।

समीक्षामा गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाइ, प्राथमिक अस्पताल, विद्यालय नर्स, नागरिक आरोग्य केन्द्र तथा सहयोगी संस्था मांक/फेयरमेड र धुलिखेल अस्पताल स्वास्थ्य केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालको सञ्चालनमा भएको कार्यक्रममा पहिलो दिन स्वास्थ्य कार्यक्रमसँग सम्बन्धित तथ्यांक प्रमाणीकरण गर्नुका साथै समग्र प्रगतिको समीक्षा गरिएको थियो। दोस्रो दिन स्वास्थ्य चौकी, प्राथमिक अस्पताल तथा सहयोगी संस्थाले आ–आफ्ना कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए।

सामुदायिक स्वास्थ्य इकाइ तथा विद्यालय नर्सहरूले स्वास्थ्य सेवाको प्रगति, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा समाधानका लागि आवश्यक पहलका विषयमा जानकारी गराएका थिए। समीक्षा क्रममा पहिचान भएका समस्याको समाधानका उपायबारे समूहगत छलफल गर्दै आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य सेवाका सूचकमा थप सुधार ल्याउन स्वास्थ्यकर्मी तथा सरोकारवालाले समन्वय र सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका थिए।

स्थानीय तह तथा वडा तहबाट स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै गाउँपालिका अध्यक्ष टासी लामाले कार्यक्रमको समापन गरेका थिए।

ads
ads
add
banner add

सम्बन्धित खबर