बुध, १० असार २०८३ / June 24, 2026, Wednesday
बुध, १० असार २०८३
Advertisement
banner add

त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित ३ भारतीय पक्राउ

banner add
writter
सोम, २७ असोज २०८२
(Shares)

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार इलाका (यात्रु जाँच पास)बाट ११ किलो २७५ ग्राम लागुऔषध गाँजा बरामद गरिएकाे छ।

साेमबार विमानस्थल भन्सार कार्यालय तथा सुरक्षा कार्यालयबाट खटिएकाे संयुक्त टोलीले उक्त सुन बरामद गरेको हो ।

थाइल्यान्डको बैंककबाट लिएर आएकाे ११ किलोभन्दा बढी गाजासहित तीन भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरूमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया महिला जैनब बशिर छन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर