सोम, १८ साउन २०८३ / August 3, 2026, Monday
सोम, १८ साउन २०८३
Advertisement
banner add

नेपालगञ्जबाट ५७८ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

banner add
writter
सोम, १८ साउन २०८३
(Shares)

नेपालगञ्ज ।  लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नेपालगञ्जले ५७८ ग्राम ७५० मिलिग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

ब्यूरोका अनुसार भारतको बहराइचबाट खैरो हेरोइन खरिद गरी कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री–वितरण गर्न ल्याउँदै गरेका बाँकेका ५५ वर्षीय अरुण कुमार जयसवाल र ३० वर्षीय सुशील भण्डारीलाई नेपालगञ्ज उपमहानगरपालिका–४ बाट नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूलाई साउन १९ गते पक्राउ गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा अरुण कुमार जयसवालको घरमा खानतलासी गर्दा दराजभित्र लुकाइ राखिएको थप ४२५ ग्राम खैरो हेरोइन बरामद भएको थियो। यससँगै कुल बरामद खैरो हेरोइनको परिमाण ५७८ ग्राम ७५० मिलिग्राम पुगेको ब्यूरोले जनाएको छ।

पक्राउ परेकाहरूबाट डिजिटल तराजु एक थान, मोबाइल फोन दुई थान, नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख २४ हजार समेत बरामद गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर