सोम, २५ जेठ २०८३ / June 8, 2026, Monday
सोम, २५ जेठ २०८३
Advertisement
banner add

जलवायु परिवर्तनको मारमा हिमशृंखलाहरू, हिमपहिरोले देखायो कमजोरी

banner add
writter
आइत, २४ जेठ २०८३
(Shares)

काठमाडौँ ।  हिउँ बादलबाट बर्सिएको वा खसेको बरफको गुच्छा हो । बादलबाट हिउँ वर्षा हुने वा खस्ने कार्यलाई हिमपात भनिन्छ । हिमपहिरो, वा हिमस्खलन, हिउँले ढाकिएको ढलान वा सतहमा हिउँको बाक्लो पत्र अस्थिर भई तीव्र गतिमा तल खस्ने प्राकृतिक घटना हो।

नेपाल हिमालहरूको देश हो। हिमाल केवल प्राकृतिक सम्पदा मात्र होइनन्, देशको जलस्रोत, जैविक विविधता, पर्यटन र लाखौं नागरिकको जीवनयापनसँग प्रत्यक्ष जोडिएका आधारस्तम्भ हुन्। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभावले हिमशृंखलाहरू तीव्र रूपमा पग्लिन थालेका छन्। यसका कारण हिमताल विस्तार, हिमपहिरो, बाढी तथा अन्य प्राकृतिक विपद्का जोखिम बढ्दै गएका छन्।यो सामान्यतया उच्च हिमाली भेगमा हिउँको तहमा असन्तुलन उत्पन्न हुँदा सुरु हुन्छ। जब हिउँको एउटा भाग अस्थिर बन्छ, त्यसले तलतिर बग्दै अन्य हिउँका तहहरू पनि तान्दै विशाल हिमपहिरोमा रूपान्तरण हुन्छ।

यस्ता हिमपहिरोहरू केवल हिउँकै होइन, बरफढुंगा, र रूखजस्ता वस्तुहरू समेत बोक्दै विनाशकारी शक्ति प्रदर्शन गर्छन्। तीव्र वेगमा बग्ने हिउँ र हावाको मिश्रणले ठूला क्षेत्रहरूलाई क्षति पु–याउन सक्छ।

हिमपहिरो हुने कारणहरू विविध छन् । निरन्तर हिमपातले हिउँको तह बाक्लो बनाउनु, तापक्रममा अचानक परिवर्तन, मानवीय गतिविधि ९जस्तै स्किइङ, मोटरस्नो सञ्चालन, वा निर्माण कार्यका बिस्फोट० लगायतका कारणहरूले अस्थिरता ल्याउन सक्छन्।

भूकम्प वा अन्य प्राकृतिक कम्पनहरूले पनि हिमस्खलन निम्त्याउन सक्छन्। यद्यपि मानिसको आवाज वा चिच्याहटले मात्र हिमपहिरो हुनसक्छ भन्ने धारणा वैज्ञानिक रूपमा अस्वीकार गरिएको छ।

हिमपहिरो उच्च हिमाली क्षेत्रमा जीवन र सम्पत्तिका लागि सबैभन्दा गम्भीर प्राकृतिक जोखिमहरूमध्ये एक हो। त्यसैले नेपालसहित विश्वका पर्वतीय देशहरूमा हिमपहिरो नियन्त्रण र व्यवस्थापनका लागि अनुसन्धान, पूर्वसूचना प्रणाली र उद्धार संयन्त्र सुदृढ पार्ने प्रयासहरू भइरहेका छन्।

- हिमपहिरोले  देखायो  कमजोरी

दोलखामा  हालै  आएको  हिमपहिरोले  केवल  भौतिक  क्षति  मात्र  गरेको  छैन, यसले हाम्रो उद्धार तथा व्यवस्थापन  प्रणालीका  गहिरा  कमजोरीहरू  पनि  उजागर  गरेको छ। प्रत्येक  वर्ष  जस्तै  यसपटक पनि  हिउँको  पहिरोले  मानवीय  जीवन र  सम्पत्तिमा  गम्भीर  असर  पुर्यायोतर  तयारीसमन्वय र तत्काल  प्रतिक्रिया  प्रणालीमा  देखिएको  अव्यवस्था  अझै यथावत्  छ।

नेपालको भौगोलिक अवस्था जोखिमपूर्ण छ । उच्च हिमाल, तीव्र ढलान, र अनियमित मौसमका कारण हिमपहिरो, भू–स्खलन र बाढीजस्ता विपद्हरू बारम्बार आइरहन्छन्। यस्ता प्राकृतिक घटनाहरू रोक्न सकिँदैनन्, तर त्यसबाट हुने क्षति घटाउन पूर्वतयारीसूचना प्रवाह र उद्धार संयन्त्र सशक्त हुन जरुरी हुन्छ।

हालै विभिन्न हिमाली क्षेत्रमा देखिएका हिमपहिरोका घटनाले जलवायु परिवर्तनको प्रभाव कति गम्भीर बन्दै गएको छ भन्ने स्पष्ट संकेत दिएका छन्। अस्वाभाविक तापक्रम वृद्धि, अनियमित वर्षा र हिमपातको बदलिँदो स्वरूपका कारण हिमनदीहरू कमजोर बन्दै गएका छन्। यसले हिमपहिरोको जोखिम मात्र बढाएको छैन, तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई समेत ठूलो खतरा सिर्जना गरेको छ।

हिमपहिरोका घटनाले हाम्रो विपद् पूर्वतयारी प्रणालीमा रहेका कमजोरीहरू पनि उजागर गरेका छन्। हिमाली क्षेत्रको नियमित निगरानी, जोखिम मूल्याङ्कन, प्रारम्भिक चेतावनी प्रणाली र उद्धार संयन्त्र अझै पर्याप्त रूपमा सुदृढ हुन सकेका छैनन्। कतिपय स्थानमा आधुनिक प्रविधिको अभाव, सीमित जनशक्ति तथा कमजोर समन्वयका कारण विपद् व्यवस्थापन प्रभावकारी बन्न सकेको छैन।

जलवायु परिवर्तन विश्वव्यापी समस्या भए पनि यसको असर नेपालजस्ता पर्वतीय मुलुकले बढी भोगिरहेका छन्। विकसित राष्ट्रहरूले औद्योगिकीकरणका क्रममा उत्सर्जन गरेको हरितगृह ग्यासको प्रभाव अहिले हिमालमा देखिन थालेको छ। त्यसैले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्यायको आवाज अझ सशक्त रूपमा उठाउन आवश्यक छ।

सरकारले हिमाली क्षेत्रको वैज्ञानिक अध्ययन, हिमतालहरूको नियमित अनुगमन, विपद् पूर्वसूचना प्रणाली विस्तार तथा स्थानीय समुदायको क्षमता अभिवृद्धिमा प्राथमिकता दिनुपर्छ। जलवायु अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र दिगो विकासबीच सन्तुलन कायम गर्नुपर्ने आवश्यकता झन् बढेको छ।

हिमपहिरो केवल प्राकृतिक घटना होइन, यो जलवायु संकटको चेतावनी पनि हो। समयमै आवश्यक तयारी र नीतिगत सुधार गर्न नसके हिमालमा देखिएको संकट भोलि समग्र राष्ट्रकै चुनौती बन्न सक्छ। त्यसैले हिमशृंखलाको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र विपद् व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउनु आजको आवश्यकता हो।

दोलखाको घटनाले देखायो कि, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय अझै कमजोर छ। उद्धार टोली ढिलोगरी पुग्नु, आवश्यक उपकरण र तालिम प्राप्त जनशक्तिको अभाव हुनु, र मौसमसम्बन्धी चेतावनी प्रणाली प्रभावकारी नहुनु यी सबै कमजोरीहरूको स्पष्ट चित्र हुन्।

नेपालको संविधान अनुसूची  को ८ को स्थानीय तहको अधिकार कार्यसूची २० र २१ को अधिकार दिएको छ । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७९ लागु भैसकेको छ । उक्त ऐनको परिच्छेद ४ को धारा ९२२० को उपधारा ९१० र ९२० संघीय सरकार र धारा ९२३०  उपधारा  ९१०  र ९२० प्रदेश सरकारको सहकार्य र समन्वय गरि विपद न्यूनीकरण तथा व्यावस्थापन गर्ने भनि स्पष्ट उल्लेख छ ।

तर पनि स्थानीय सरकारको अधिकार रकाहेमा विपद जोखिम न्यूनीकरण एवम् संरक्षणको हकहितका लागि त्यति धेरै काम गरेको पाइदैन ।

हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिमबारे सचेत पार्नुहिमपहिरो सम्भावित क्षेत्रहरूको पहिचान र नियमित निगरानी गर्नु, साथै तत्काल उद्धारका लागि स्थानीय स्तरमै प्रशिक्षित टोली तयार गर्नु अब अनिवार्य भइसकेको छ।

- जलवायु परिवर्तनको मारमा हिमशृंखलाहरू

विश्व तापक्रम निरन्तर बढ्दै जाँदा, पृथ्वीका हिमशृंखलाहरू तीव्र गतिमा पग्लँदै गएका छन्। जलवायु परिवर्तनको प्रत्यक्ष असर सबैभन्दा बढी देखिने क्षेत्र भनेकै हिमाली भू–भाग हो, जहाँ हिउँ र बरफले ढाकिएका पर्वतहरू अब, खतरामा छन्।

नेपाल लगायतका हिमालयन देशहरूमा विगत केही दशकयता हिउँ पग्लिने दर उल्लेखनीय रूपमा बढेको छ। वैज्ञानिक अध्ययनहरूका अनुसार हिमनदी  हरू छोटिँदै गएका छन्, बरफको तह पतलो हुँदै गएको छ । तापक्रम वृद्धि तथा अनियमित वर्षा चक्रका कारण पहिरो, बाढी, र ग्लेशियल लेक आउटबर्स्ट फ्लड ९न्ीइँ० जस्ता जोखिमहरू बढिरहेका छन्।

हिमशृंखलाहरू केवल प्राकृतिक सुन्दरता र पर्यटनको प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो जलस्रोतको मुख्य आधार हुन्। देशका नदीनालाहरू ती हिमनदीहरूबाट उत्पन्न हुन्छन्।जब बरफ पग्लने दर अस्वाभाविक रूपमा बढ्छ, जलप्रवाहको मात्रा असन्तुलित हुन्छ, जसको प्रत्यक्ष असर कृषि, ऊर्जा र जीविकोपार्जनमा पर्छ।

नेपालले जलवायु परिवर्तनमा न्यून योगदान दिए पनि यसको प्रतिकूल प्रभाव भने गहिरो रूपमा भोगिरहेको छ। यो असमानता अन्तर्राष्ट्रिय समुदायका लागि पनि गम्भीर चिन्ताको विषय हो हिमशृंखलाहरूको संरक्षणका लागि अब वैज्ञानिक अनुसन्धान, वातावरणमैत्री नीति र दिगो विकास अभ्यासमा जोड दिनु आवश्यक छ।

- इसिमोडले गरिरहेको छ गहिरो अध्ययन

हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनको बढ्दो प्रभावले हिमताल विस्फोटनहिमपहिरो र द्रुत गतिमा हिउँ पग्लने जोखिम बढाएको एक पछिल्लो अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको थामे उपत्यका हिमताल विस्फोटन बाढीको कारण, प्रभाव, र भविष्यका जोखिम नामक अध्ययनले यो क्षेत्रमा प्रत्येक दश वर्षमा औसत ०.२८ डिग्री सेल्सियसले तापक्रम बढिरहेको उल्लेख गरेको छ।

इसिमोडका जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा र अरुणभक्त श्रेष्ठले गरेको यस अध्ययनले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रले अभूतपूर्व रूपमा हिमनदी पग्लने दर बढेको जस्ता समस्या भोगिरहेको देखाएको छ। पछिल्ला दशकहरूमा यो दर पहिलेको तुलनामा ६५ प्रतिशतले बढेको देखिन्छ। हिमनदी पग्लने दर बढ्दा अमू दरिया, सिन्धु, गंगा, ब्रह्मपुत्र र इरावदी बेसिनका २५ हजारभन्दा बढी हिमतालहरू वृद्धि भइरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

- हिमाल र हिमतालस् चुनौती र तयारी

नेपालको भूगोल, संस्कृति र जीवनशैली हिमालयसँग घनिष्ठ रूपमा जोडिएको छ। तर आज हाम्रो गर्वको प्रतीक हिमाल र हिमताल नै हामीका लागि चुनौती बन्न थालेका छन्। जलवायु परिवर्तन र मानवीय गतिविधिको असरले हिमनदी पग्लन थालेका छन् र हिमतालको पानी अस्थिर हुँदै गएको छ। यसले तल्लो क्षेत्रमा बाढी, भू(स्खलन र कृषि तथा जलस्रोत संकट निम्त्याउने खतरा बढाएको छ।

विशेष गरी ग्लेशियल लेक आउटबर्स्ट फ्लड  जोखिम विश्व स्वास्थ्य संगठन र जलवायु विज्ञहरूले चिन्हित गरेको समस्या हो। सगरमाथा क्षेत्रका इम्जा ताल, त्सो रोल्पा जस्ता तालहरूले हालैका वर्षहरूमा उच्च जोखिम प्रस्तुत गरेका छन्। हिमताल फुट्दा आउने बाढीले न केवल जीवित जनसंख्या जोखिममा पार्छ, तर आर्थिक र सामाजिक संरचनामा पनि गम्भीर क्षति पुर्‍याउँछ।

यस कठिन परिस्थितिमा हाम्रो तयारी अपरिहार्य छ। पहिलो, हिमतालको नियमित अनुगमन र जोखिम मापन गर्नुपर्छ। उपग्रह प्रविधि, ड्रोन, र स्थानीय सर्वेक्षणमार्फत तालहरूको अवस्था ट्र्याक गर्न सकिन्छ। दोस्रो, पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्छ, जसले बस्ती र समुदायलाई समयमै चेतावनी दिन सक्छ। तेस्रो, आवश्यक इन्जिनियरिङ उपायहरू अपनाउनुपर्छ । उदाहरणका लागि मोरेन बाँधको मजबुतीकरण र नियन्त्रित पानी निकासी। तर केवल प्रविधि पर्याप्त छैन। स्थानीय समुदायलाई जोखिम सम्बन्धी सचेत गराउन, आपत्कालीन तालिम दिनु, र सरकारी निकायसँग समन्वय गर्नु पनि अनिवार्य छ। दीर्घकालीन रूपमा, जलवायु अनुकूलन नीतिहरूमा हिमताल जोखिमलाई प्राथमिकता दिनुपर्छ र प्रत्येक विकास योजनामा वातावरणीय मूल्याङ्कन अनिवार्य गर्नुपर्छ।

हिमाल र हिमताल हाम्रो प्राकृतिक सम्पत्ति मात्र होइन, भविष्यको जीवन र समृद्धिको आधार पनि हुन्। तिनीहरूको संरक्षण र जोखिम व्यवस्थापनमा ढिला गर्नु भनेको भविष्यको पीडालाई निम्त्याउनु हो। आजको वैज्ञानिक तयारी, नीति निर्माण र समुदायको सक्रियताले मात्र हिमतालको जोखिमलाई अवसरमा परिवर्तन गर्न सक्छ।

हिमाल र हिमतालको संरक्षण हाम्रो दायित्व मात्र नभई, जीवन र जीवनयापनको सुरक्षा हो। यसको लागि अहिलेको कदम ढिला नहुने गरी अघि बढ्न आवश्यक छ।

हिमपहिरो प्रकृतिको शक्ति हो, तर त्यसले हाम्रा कमजोरीहरू पनि नाङ्गा पारिदिन्छ। प्रश्न अब स्पष्ट छ ।  

लेखक: जीवन शर्मा पर्यावण एवम् भूगोल बिषयमा कलम चलाउने गर्छन् । 

ads
ads
add
banner add

सम्बन्धित खबर