काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
सामान्यतया प्रत्येक सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्दै आएको भए पनि पछिल्ला दुई सातादेखि बैठक बस्न सकेको थिएन।
यसबीच मुलुकमा विभिन्न राजनीतिक तथा प्रशासनिक घटनाक्रम विकसित भइरहेका बेला लामो समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बैठकमा समसामयिक विषय तथा सरकारका आगामी कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।