मङ्गल, १७ कात्तिक २०८३ / November 3, 2026, Tuesday
मङ्गल, १७ कात्तिक २०८३
Advertisement
banner add

२८ जना लागूऔषध कारोबारी पक्राउ गर्ने प्रहरी जवान चन्द उत्कृष्ट घोषित

banner add
writter
मङ्गल, १७ कात्तिक २०८३
(Shares)

काठमाडौं । लागूऔषध नियन्त्रण अभियानमा उल्लेखनीय सफलता हासिल गरेका प्रहरी जवान भुवन चन्द असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा कार्यरत चन्दलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ‘महिनाको उत्कृष्ट प्रहरी घोषणा’ गरिएको हो।

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा कार्यरत प्रहरी जवान भुवन चन्द २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषितले प्रहरी प्रति थप उमंग र जोश थपिदिएको छ। लागूऔषध नियन्त्रण तथा अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गर्दै उल्लेखनीय कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा ब्युरोले उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषणा गरेको हो।

चन्दले २०८३ साल असोज महिनामा लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरिएका विभिन्न कारबाहीमा सक्रिय सहभागिता जनाउँदै ४८१ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र १०२ बोतल लागूऔषध कोरेक्ससहित २८ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए।

लागूऔषधको अवैध कारोबार, ओसारपसार र वितरण नियन्त्रणका लागि गरिएको कारबाहीमा देखाएको सक्रियता तथा अनुसन्धानमा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै ब्युरोले उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको जनाएको छ।

प्रहरी संगठनभित्र जिम्मेवारीप्रतिको प्रतिबद्धता, अनुशासन र व्यावसायिक दक्षतालाई प्राथमिकता दिँदै काम गरेका चन्दलाई प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहराले २०८३ कात्तिक १३ गते नगद १ हजार ५०० रुपैयाँसहित सम्मान गरेका हुन्।

लागूऔषध नियन्त्रणजस्तो संवेदनशील क्षेत्रमा प्रभावकारी काम गर्न सूचनाको व्यवस्थापन, अनुसन्धानमा सक्रियता र निरन्तर निगरानी आवश्यक हुन्छ। चन्दले यी जिम्मेवारी निर्वाह गर्दै हासिल गरेको उपलब्धिलाई ब्युरोले सकारात्मक रूपमा लिएको छ।

प्रहरी संगठनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्दा अन्य कर्मचारीमा समेत जिम्मेवारीप्रति थप उत्साह र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना हुने अपेक्षा गरेको छ।

अपराध नियन्त्रण र अनुसन्धानमा अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीको मेहनत तथा योगदानको कदर गर्ने उद्देश्यले प्रदान गरिएको यो सम्मानले लागूऔषधविरुद्धको अभियानमा थप सक्रियता बढाउने विश्वास ब्युरोले लिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर