बुध, २७ साउन २०८३ / August 12, 2026, Wednesday
बुध, २७ साउन २०८३
Advertisement
banner add

जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका CEO पक्राउ

banner add
writter
मङ्गल, २६ साउन २०८३
(Shares)

काठमाडौं । जापान पठाइदिने प्रलोभन देखाउँदै ११५ जनाबाट करिब २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (CEO) पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७, चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी भएको पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार बुढाथोकीले Gatsby International Pvt. Ltd. नामक कन्सल्टेन्सी सञ्चालन गर्दै विभिन्न व्यक्तिलाई जापान पठाइदिने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरेका ११५ जनाबाट उनले कुल २ करोड ८० लाख रुपैयाँ संकलन गरेको आरोप छ। 

रकम लिएपछि प्रतिबद्धताअनुसार जापान पठाउने प्रक्रिया अघि नबढाएको तथा रकमसमेत फिर्ता नगरेको भन्दै पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि बुढाथोकी पक्राउ परेका हुन्। 

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानबाट रकमको वास्तविक प्रवाह तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयसमेत खुल्ने अपेक्षा गरिएको छ। 

ads
ads
add
banner add

सम्बन्धित खबर