सोम, २५ साउन २०८३ / August 10, 2026, Monday
सोम, २५ साउन २०८३
Advertisement
banner add

लागु औषध नियन्त्रण ब्यूरोबाट बच्न CCTV र कुकुरको सुरक्षा, ११० ग्राम ब्राउन हेरोइनसहित पक्राउ

banner add
writter
आइत, २४ साउन २०८३
(Shares)

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउबाट बच्न घरमा CCTV क्यामेरा, कुकुर र फलामे गेटको व्यवस्था गरी लागुऔषध कारोबार गर्दै आएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १ कुपण्डोलबाट २९ वर्षीय प्रज्वल के.सी.लाई पक्राउ गरेको हो। उनको साथबाट ११० ग्राम ३५० मिलिग्राम खैरो हेरोइन, लागुऔषध तौलने डिजिटल तराजु र विभिन्न सिमकार्ड प्रयोग गरिएका पाँच थान मोबाइल बरामद गरिएको ब्यूरोले जनाएको छ।

लागुऔषध मुद्दामा पक्राउ परी कारागारबाट छुटेपछि पुनःकारोबारमा संलग्न हुन सक्ने व्यक्तिहरूको प्रोफाइलिङ गर्ने क्रममा के.सी.लाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार के.सी.ले कुपण्डोलस्थित घरमा चारवटा CCTV क्यामेरा, दुईवटा कुकुर र लागुऔषध कारोबार गर्ने बेडरुमसम्म पुग्न तीनवटा फलामे गेट राखेर कारोबार गर्दै आएको पाइएको छ। यी संरचनाको प्रयोग पक्राउबाट बच्न तथा लागुऔषध खरिद गर्न आउने ग्राहकको पहिचान गर्न गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार के.सी. यसअघि पनि लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए। उनी २०७९ जेठ २७ गते दुई ग्राम खैरो हेरोइनसहित पक्राउ परी २०७९ भदौ २ गतेदेखि २०८० असार १ गतेसम्म नख्खु कारागारमा रहेका थिए भने पछि नख्खुबाट भीमफेदी कारागार स्थानान्तरण भएका उनी २०८२ चैत १९ गते रिहा भएका थिए।

कारागारमा रहँदा उनले त्यहीँ रहेका एक साथीमार्फत विराटनगरमा बसेर लागुऔषध सप्लाई गर्ने व्यक्तिसँग सम्पर्क गरी लागुऔषध खरिद गर्दै आएको खुलेको ब्यूरोले जनाएको छ। पक्राउ परेका के.सी.विरुद्ध थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर