काठमाडौँ । महोत्तरीबाट काठमाडौंतर्फ गइरहेको बसले खैहरनी नगरपालिका-१ शाहीचोकमा
पैदलयात्रीलाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार बिहान भएको दुर्घटनामा परी
मृत्यु भएका अन्दाजी ३५ वर्षीय एक जना युवकको परिचय भने नखुलेको जनाएको हो ।
सोही दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान
शुरू गरेको छ ।