बिहि, १० वैशाख २०८३ / April 23, 2026, Thursday
बिहि, १० वैशाख २०८३
Advertisement
banner add

अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति

banner add
writter
बुध, ०७ साउन २०८२
(Shares)

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका कारण अर्थतन्त्रमा केही असहजता आएकाले त्यसको सुधारका लागि आगामी मौद्रिक नीतिले केही कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । तर, अर्थतन्त्रमा अहिले देखिएको समस्या मौद्रिक नीतिका कारणमात्र नभई वित्तीय नीतिले गर्दा पनि हो । त्यसैले वित्तीय नीतिबाट नै अहिलेको समस्याको सम्बोधन हुनुपर्छ । 

वित्त नीति अर्थ मन्त्रालयले तय  गर्छ भने मौद्रिक नीति नेपाल राष्ट्र बैंकले । विदेशी विनिमय सञ्चितिमा समस्या आउन लागेपछि राष्ट्र बैंकले आयातमा कडाइको नीति लियो । त्यस्तै कोरोना कालमा विस्तारकारी मौद्रिक नीति लिएको उसले अहिले भने संकुचनकारी नीति लिएको छ ।

यही कारण कर्जाको ब्याजदर बढेको छ । धेरैको बुझाइ अर्थतन्त्रको ठूलो समस्या चर्को ब्याजदर हो र त्यसमा राष्ट्र बैंक जिम्मेवार छ । अर्थमन्त्रीले पनि यही बुझाइ देखिन्छ ।

तर, यो समस्या बजेट निर्माणदेखि खर्च र लेखापरीक्षणसम्मका गतिविधिमा भएका गलत काम नै कारण बनेको देखिन्छ । अर्थतन्त्रको समस्याको जडमा नपुगी अहिले समाधान निकाल्न सकिँदैन । तर, अर्थमन्त्रीले सीधै राष्ट्र बैंकलाई नै सुधारको जिम्मा दिएको जस्तो देखिन्छ ।

राष्ट्र बैंकका गभर्नर कुनै पार्टीको सिफारिशमा नियुक्त भएका हुन् । गभर्नर आपैm वा अन्य कारणले गर्दा उनी कुनै राजनीतिक दलका हुन् भन्ने तथ्य सार्वजनिक भइसकेको छ ।

ads
ads
add
banner add

सम्बन्धित खबर