ब्राजिल ।(रोयटर्स) –ब्राजिलको बेलेममा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन कोप–३० आयोजना स्थलमा आगलागी भएको हो । आगो लागीपछि बेलम सहरका बासिन्दालाई बाहिर निकालिएको छ ।
बीबीसीका पत्रकारहरू (जसमध्ये जलवायु सम्पादक जस्टिन रोलाट पनि थिए) ले पभिलियन क्षेत्रमा आगो र धुवाँ देखेपछि उनीहरूलाई तुरुन्तै बाहिर निकालिएको जानकारी दिएका छन् ।
आगामी कोप–३० जलवायु सम्मेलन विश्वभरका राष्ट्र, वैज्ञानिक, नीति निर्माता र नागरिक समाजको ध्यानको केन्द्रमा रहेको छ।
जलवायु संकटका बढ्दो चुनौतीबीच यो सम्मेलनले महत्वपूर्ण नीतिगत मोड दिन सक्छ भन्ने अपेक्षा गरिएको छ। यस्तै संवेदनशील र अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण सम्मेलनको तयारी भइरहेका बेला आयोजनास्थलमै लागेको आगलागीले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।
यद्यपि प्रारम्भिक जानकारी अनुसार ठूलो मानवीय क्षति नभएको बताइए पनि यस्तो घटना स्वयम् सुरक्षा संरचना, आपतकालीन तयारी, उपकरण तथा निरीक्षण प्रक्रियामा रहेका कमजोरीलाई प्रस्ट संकेत गर्छ।
हजारौँ प्रतिनिधि, संचारकर्मी र स्वयंसेवी सहभागी हुने सम्मेलनमा सुरक्षामा देखिएको यस्तो त्रुटि भविष्यमा ठूलो जोखिममा बदलिन सक्छ। कार्यक्रमको भौतिक संरचना मात्र होइन, प्राविधिक तथा साइबर सुरक्षा पनि कडा निगरानीको विषय बन्नुपर्ने देखिन्छ।
सम्भावित कारक तर्फ हेर्दा निर्माण सामग्रीको गुणस्तर, विद्युतिय लापरबाही, पूर्व–निरीक्षणको कमी वा मानवीय त्रुटि सबैलाई गम्भीरतापूर्वक जाँच गर्नुपर्ने आवश्यकता छ। विश्वस्तरीय सम्मेलनको प्रतिष्ठा र विश्वसनीयता जोगाउन आयोजक देशले पारदर्शी छानबिन, द्रुत सुधार र पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न जरुरी हुन्छ।
जलवायु परिवर्तनका प्रभावलाई न्यूनीकरण, अनुकूलन र वित्तीय प्रतिबद्धता जस्ता विषयमा निर्णायक छलफल हुने अपेक्षा गरिएको सम्मेलनको तयारी बजारीकरण हैन, सुरक्षा, सुदृढता र व्यवस्थापन दक्षताका आधारमा हुनु आवश्यक छ।
आगलागी जस्तो घटना केवल भौतिक जोखिम मात्र होइन, व्यवस्थापकीय कमजोरीका संकेत पनि हुन्, जसले अन्तर्राष्ट्रिय समुदायको भरोसामा असर पार्न सक्छ।
ब्राजिलको बेलेम शहरमा बिहीबार भएको COP30 जलवायु शिखर सम्मेलनलाई खाली गराउन बाध्य पार्ने आगलागी नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्, यद्यपि प्रतिनिधिहरू वार्ता जारी राख्न तुरुन्तै फर्कनेछन् कि छैनन् भन्ने कुरा स्पष्ट छैन।
ब्राजिलका पर्यटन मन्त्रीले आगो नियन्त्रणमा रहेको र कसैलाई पनि चोटपटक नलागेको जानकारी कार्यक्रम स्थलमा पत्रकारहरूलाई दिए, तर प्रतिनिधिहरू आज वा शुक्रबार शिखर सम्मेलन वार्ता भइरहेको स्थानमा फर्कन सक्नेछन् कि छैनन् भन्ने कुरा उनलाई थाहा छैन।
लवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) पूर्वसन्ध्यामा यही कात्तिक २० र २१ गते भएको ‘लिडर समिट’मा नेपालले सो आह्वान गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले नेपालको तर्फबाट वक्तव्य दिँदै नेपालले प्रकृतिमैत्री प्रणाली र वातावरणीय संरक्षणलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गरेका थिए ।
कोप–३० सम्मेलन सफल बनाउने जिम्मा केवल आयोजक राष्ट्रको मात्र होइन; सहभागी सबै पक्षको हो। तर सुरक्षाको पहिलो र प्रमुख जिम्मेवारी आयोजककै काँधमा पर्छ। यस घटनाबाट सिकेर सुरक्षाका सबै पक्ष मजबुत पार्नु आजको आवश्यकता हो, जसले मात्र सम्मेलनको गरिमा र उद्देश्य दुवैलाई सुरक्षित राख्न सक्छ।