बिहि, १४ साउन २०८३ / July 30, 2026, Thursday
बिहि, १४ साउन २०८३
Advertisement
banner add

अनुगमन र गुणस्तरमा जोड: पूर्वाधार विकास कार्यालय धुलिखेलले सडक–पुल निर्माणलाई दियो गति

banner add
writter
बिहि, १४ साउन २०८३
(Shares)

काभ्रे। विकास आयोजना समयमै सम्पन्न हुनु मात्र पर्याप्त हुँदैन, ती आयोजना गुणस्तरीय, दिगो र सुरक्षित हुनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही उद्देश्यलाई आत्मसात् गर्दै पूर्वाधार विकास कार्यालय धुलिखेलले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिरहेका सडक, पुल तथा मर्मत–सम्भारका योजनाको नियमित अनुगमनलाई उच्च प्राथमिकतामा राखेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म योजनाहरूको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ७७.१३ प्रतिशत पुगेको छ। सडक निर्माण, स्तरोन्नति, नियमित मर्मत–सम्भार तथा पुल निर्माणका कार्यहरू निर्धारित योजना अनुसार अघि बढिरहेका छन्।

कार्यालय प्रमुख बिरेन्द्रकुमार बाचायका अनुसार निर्माण कार्यको गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति अवलम्बन गरिएको छ। उहाँले निर्माण सम्पन्न भएपछि प्राविधिक परीक्षण, नापजाँच तथा गुणस्तर सुनिश्चित गरेपछि मात्र ठेकेदारलाई भुक्तानी गरिने जानकारी दिनुभयो।

कार्यालयमा हाल २४ जना कर्मचारी कार्यरत रहेका छन् भने एक जना इन्जिनियरको पद रिक्त छ। प्राविधिक टोलीले नियमित रूपमा आयोजनास्थलमा पुगेर निर्माणको प्रगति, गुणस्तर तथा तोकिएको मापदण्ड पालना भए–नभएको अनुगमन गरिरहेको कार्यालयले जनाएको छ।

वर्षायामका कारण महाभारत सडक खण्डमा पहिरो तथा अन्य प्राकृतिक अवरोधले केही चुनौती थपिए पनि निर्माण कार्यलाई निरन्तरता दिइएको कार्यालयको भनाइ छ। समस्या समाधान गर्दै आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्ने प्रयास जारी रहेको पनि कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सडक स्तरोन्नति, मर्मत–सम्भार तथा पुल निर्माणका अधिकांश योजनामा उल्लेखनीय प्रगति हासिल भएको छ। नियमित अनुगमन, पारदर्शी भुक्तानी प्रक्रिया तथा गुणस्तर नियन्त्रणलाई प्राथमिकता दिँदै कार्यालयले दिगो पूर्वाधार निर्माणलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

स्थानीयवासीको सहज आवागमन, सुरक्षित यातायात सेवा तथा क्षेत्रीय विकासलाई टेवा पुर्‍याउने उद्देश्यले सञ्चालनमा रहेका यी आयोजनाहरू समयमै सम्पन्न भए यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर