काठमाडौं । सामुदायिक विद्यालयहरू पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम छन् भन्ने उदाहरणका रूपमा जन उद्धार माध्यमिक विद्यालयले आफूलाई स्थापित गर्दै आएको छ। पछिल्लो एसईई परीक्षामा सात विषयमा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गरेको छ।
विद्यालयका
प्रधानाध्यापक हरीरराम सात्री खत्रीसँग
गरिएको विशेष शैक्षिक कुराकानीमा उहाँले विद्यालयको सफलताको मुख्य आधार गुणस्तरीय
शिक्षण, अनुभवी शिक्षक, नियमित कक्षा सञ्चालन, विद्यार्थीको
निरन्तर मूल्याङ्कन र अभिभावकसँगको प्रभावकारी समन्वय रहेको बताउनुभयो।
उहाँका
अनुसार विद्यालयले केवल परीक्षाको नतिजालाई मात्र लक्ष्य नबनाई विद्यार्थीको
सर्वाङ्गीण विकासमा जोड दिएको छ। सूचना प्रविधिमैत्री शिक्षण, प्रयोगात्मक सिकाइ, अतिरिक्त
क्रियाकलाप, अनुशासन र नैतिक शिक्षालाई समान रूपमा
प्राथमिकता दिइएकाले विद्यार्थीमा आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि
भएको उहाँको भनाइ छ।
प्रधानाध्यापक
खत्रीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र सिकाइमैत्री वातावरण उपलब्ध गराइएको जानकारी दिँदै
शिक्षकहरूको निरन्तर मेहनत,
विद्यालय व्यवस्थापन समितिको सहयोग तथा
अभिभावकको विश्वासले विद्यालयलाई उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको उल्लेख
गर्नुभयो।
उहाँले
आगामी दिनमा एसईईमा अझ उत्कृष्ट नतिजा ल्याउने, डिजिटल
प्रविधिमा आधारित शिक्षण प्रणाली विस्तार गर्ने, विज्ञान तथा कम्प्युटर प्रयोगशालालाई थप सुदृढ बनाउने र विद्यार्थीको
प्रतिभा विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो।
विद्यालयले
पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधारको समेत उल्लेखनीय विकास गरेको छ। सुविधा
सम्पन्न कक्षाकोठा, स्वच्छ वातावरण, खेलकुद तथा अतिरिक्त क्रियाकलापका अवसरले विद्यार्थीलाई गुणस्तरीय
शिक्षा हासिल गर्न थप सहज बनाएको छ।
अन्त्यमा
प्रधानाध्यापक खत्रीले विद्यालयको सफलतामा योगदान पुर्याउने शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा सहयोगी
सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जन उद्धार माध्यमिक विद्यालयलाई
उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।