चितवन । चितवनको इच्छाकामना
गाउँपालिकामा वर्षौँदेखि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) बाट वञ्चित ३४
परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। लालपुर्जा पाएसँगै ती परिवार कानुनी
रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्न सफल भएका छन्।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको
समस्या समाधान गर्ने सरकारी अभियानअन्तर्गत गरिएको कार्यक्रममा स्थानीय बासिन्दाले
लामो समयदेखिको प्रतीक्षा अन्त्य भएको भन्दै खुसी व्यक्त गरेका छन्। लालपुर्जा
प्राप्त गरेपछि बैंकिङ सेवा, ऋण सुविधा तथा जग्गासम्बन्धी अन्य कानुनी कारोबार गर्न सहज
हुने विश्वास गरिएको छ।
सरकारले देशभर भूमिसम्बन्धी समस्या
समाधान र भूमिहीन नागरिकलाई कानुनी स्वामित्व दिलाउने अभियानलाई निरन्तरता दिँदै
आएको जनाएको छ।
इच्छाकामनामा भएको लालपुर्जा वितरणलाई
सो अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।