विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका सबै प्रकारका कार्यक्रममा डीजे बजाउन निषेध गरेको छ।
सहायक
प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार अर्को सूचना जारी
नभएसम्म मोरङ जिल्लाभित्र कुनै पनि स्थानमा डीजे प्रयोग नगर्न तथा नगराउन सबैलाई
निर्देशन दिइएको छ।
प्रशासनले
उक्त निर्देशनको उल्लङ्घन गर्दै कसैले डीजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित
कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।