पनौती । पनौती नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रासायनिक मलको कोटा निर्धारण सम्बन्धी सूचना सार्वजनिक गरेको छ। नगरपालिकाले विभिन्न प्रकारका रासायनिक मलको परिमाण निर्धारण गर्दै सम्बन्धित कृषक तथा कृषि सहकारी/वितरकमार्फत तोकिएको कोटाअनुसार वितरण गरिने जनाएको छ।
नगरपालिकाका
अनुसार किसानले समयमै रासायनिक मल प्राप्त गर्न सम्बन्धित कृषि सहकारी संस्था वा
वितरण केन्द्रसँग समन्वय गर्नुपर्नेछ। मलको वितरण स्वीकृत कोटा तथा प्रचलित
कार्यविधिअनुसार हुने जनाइएको छ।
नगरपालिकाले
सार्वजनिक गरेको सूचीमा विभिन्न रासायनिक मलका प्रकार तथा प्रत्येकका लागि
छुट्याइएको कोटा उल्लेख गरिएको छ। कृषकलाई आवश्यक कागजातसहित सम्बन्धित वितरण
केन्द्रमा सम्पर्क गरी मल प्राप्त गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले
मलको न्यायोचित वितरण सुनिश्चित गर्दै कृषि उत्पादन वृद्धि र किसानलाई सहज सेवा
उपलब्ध गराउने उद्देश्यले कोटा निर्धारण गरिएको जनाएको छ।