पोखरा महानगरपालिकाले शैक्षिक सत्र २०८२ का लागि संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुला गरेको छ।
महानगरको शिक्षा महाशाखाद्वारा जारी सूचनाअनुसार पोखरा महानगरपालिकाभित्र रहेका संस्थागत विद्यालयहरूमा लक्षित वर्गको छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
सूचनामा नेपाल राज्यभित्रका विद्यार्थीहरूले २०८३ जेठ ३० गतेदेखि असार ६ गतेसम्म आवश्यक कागजातसहित शिक्षा महाशाखा, पोखरा–१७ मा आवेदन पेश गर्न सक्ने उल्लेख गरिएको छ।
महानगरले छात्रवृत्तिका लागि विभिन्न वर्गलाई प्राथमिकतामा राखेको जनाएको छ। जसअन्तर्गत विपन्न, दलित, जनजाति, द्वन्द्वपीडित, सहिद परिवार, बेपत्ता परिवार तथा जेहेन्दार विद्यार्थीहरूले आवेदन दिन सक्नेछन्।
आवेदनका लागि एसईई ग्रेडसिटको प्रतिलिपि, सम्बन्धित निकायको सिफारिस पत्र, जातीय वा आर्थिक अवस्था खुल्ने प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने सूचनामा उल्लेख छ
पोखरा महानगरले आवेदन फारम pokharamun.gov.np बाट डाउनलोड गर्न सकिने जनाएको छ ।