सोम, ०१ असार २०८३ / June 15, 2026, Monday
सोम, ०१ असार २०८३
Advertisement
banner add

दोगडाकेदार गाउँपालिका–४ वडा कार्यालयमा चोरी, ल्यापटप चोरी

banner add
writter
सोम, ०१ असार २०८३
(Shares)

बैतडीको दोगडाकेदार गाउँपालिका–४ स्थित वडा कार्यालयमा चोरी भएको छ। आइतबार राति कार्यालयको छततर्फको ढोका फुटाएर चोरले चार्जरसहित ल्यापटप चोरी गरेको छ।

चोरले छतमा रहेको काठको ढोका फुटाउनुका साथै सिसिटिभी क्यामेराको तार चुडाएको र अन्य कम्प्युटरका तारसमेत काटेको जनाइएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली खटिएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर