मङ्गल, ०९ भदौ २०८३ / August 25, 2026, Tuesday
मङ्गल, ०९ भदौ २०८३
Advertisement
banner add

रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

banner add
writter
शुक्र, ०८ साउन २०८३
(Shares)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अछामको रामरोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ ।

मन्त्रालयले शाखा अधिकृत तारा दत्त भट्टलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइसकेको जनाएको छ । अब निर्णयका कार्यान्वयनका लागि निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक जिम्मेवारी हटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रामरोशन गाउँपालिकाका नियमित प्रशासनिक तथा सेवा प्रवाहसम्बन्धी कामकाज सञ्चालन गराउन लगतपोषण अनुमोदन आदेश विहिवार जारी गरेको छ।

कोष तथा लेखा नियन्त्रक कार्यालयले जगत बहादुर रावललाई दिइएको आर्थिक जिम्मेवारी रद्द गरिएको जानकारी दिएर अबदेखि खटाइएका प्रमुख प्रशासकीय अधिकृत तारा दत्त भट्टले मात्र गाउँपालिकाको बैंक खाता सञ्चालन गराउन निर्देशन दिएको छ।

ads
ads
add
banner add

सम्बन्धित खबर