आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

“आइतबार बिदा नदिने पूर्वको आठराई त्रिवेणी गाउँपालिकाको अडान”

banner add
writter
बुध, २५ चैत २०८२
(Shares)

 स्थानीय सरोकार । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ले सरकारले लागू गरेको सातामा दुई दिन (शनिबार–आइतबार) सार्वजनिक बिदा दिने निर्णय नमान्ने घोषणा गरेको छ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमु का अनुसार बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई व्यवहारिक समस्या परेको छ। उनले भनेअनुसार धेरै कर्मचारीलाई बिहान ७ बजे नै घरबाट निस्कनुपर्छ, जसले दैनिक जीवनमा असहजता सिर्जना गरेको छ।

यस कारण गाउँपालिकाले पुरानै तालिका अनुसार बिहान १० बजेदेखि कार्यालय सञ्चालन गर्ने र आइतबार बिदा नदिने निर्णय गरेको हो।

उनले केन्द्र सरकारले गरेको निर्णय सबै जिल्लाका लागि समान रूपमा उपयुक्त नहुने पनि बताए। विशेषगरी काठमाडौं जस्तो शहरी क्षेत्रमा इन्धन खपत बढी हुने भएकाले यस्तो निर्णय उपयोगी हुन सक्छ, तर ग्रामीण क्षेत्रमा इन्धनको प्रयोग कम हुने हुँदा यो व्यवस्था व्यवहारिक नदेखिएको उनको तर्क छ।

सरकारले भने मध्यपूर्वमा बढेको तनावका कारण इन्धन संकट व्यवस्थापन गर्न सातामा दुई दिन बिदा दिने नीति लागू गरेको हो।

ads
ads
add
banner add

सम्बन्धित खबर