बुध, १३ साउन २०८३ / July 29, 2026, Wednesday
बुध, १३ साउन २०८३
Advertisement
banner add

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

banner add
writter
बुध, १३ साउन २०८३
(Shares)

कपिलवस्तु — कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२, गैडहवा चोकमा बुधबार बिहान मदिरा बोकेको ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु भएको छ।

तौलिहवातर्फ जाँदै गरेको  ना २ ख२३६४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेका पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

दुर्घटनामा स्थानीय १२ वर्षीय आनन्द कश्यप, महाराजगञ्ज नगरपालिका–३ निवासी ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय विजयकुमार गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी तथा सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए।

प्रहरीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो।

दुर्घटनापछि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

ads
ads
add
banner add

सम्बन्धित खबर