नेपालको अर्थतन्त्र आज संकटको गहिरो खाल्डोमा पुगेको छ। आर्थिक वृद्धिदर थलिएको छ, बेरोजगारी बढ्दो छ, लगानीकर्ता गुम्सिएका छन्, अनि सर्वसाधारण जनतामा निराशा र अविश्वास गहिरिँदो छ। यसभित्र एउटा खतरनाक पक्ष अझै छ—वित्तीय क्षेत्रको अस्थिरता। बैंक, सहकारी, माइक्रोफाइनान्स, लघुवित्तदेखि बीमा कम्पनीसम्म केही न केही समस्यामा परिरहेका छन्। कतिपय संस्था त धराशायी हुने अवस्थामा पुगेका छन्।
अर्थतन्त्रको मेरुदण्ड मानिने वित्तीय संस्था स्वयं संकटमा पर्दा देशको सम्पूर्ण प्रणाली नै असन्तुलित हुन्छ। तर, हाम्रो नियामक निकायहरू, सरकार, अनि जिम्मेवार व्यक्तिहरू समस्याको जरामा पुगेर समाधान गर्नुभन्दा ‘आँखा चिम्लेर’ प्रतीक्षा गरिरहेका छन्—बेलैमा सुधार नगरे पनि बाँच्ला कि भन्ने भ्रममा।
सहकारी संस्थाहरूमा लगानीकर्ताको पैसा डुबेको घटना अहिले समाचारको हैडलाइनमा मात्र सीमित छैन—यो लाखौं जनताको जिन्दगीसँग जोडिएको गम्भीर आर्थिक संकट हो। बैंकिङ प्रणालीमा तरलता अभाव, ब्याजदरको अस्थिरता, ऋणको असुलीमा कठिनाइ, लगानी प्रवाहमा कमजोरीजस्ता समस्याहरू पनि दिनानुदिन चर्किँदै गएका छन्।
यसको मुख्य कारणहरू के हुन्?
नियमनकारी संस्थाहरूको कमजोरी
राजनीतिक पहुँच प्रयोग गरेर वित्तीय संस्थामा मनपरी सञ्चालन
पारदर्शिता र जवाफदेहिता नहुनु
गैर–पेशागत व्यवस्थापन
लघुवित्त र सहकारीमा देखिएको 'द्रुत नाफा' मोह
सरकार भने अझै पनि मौन छ, वा कहिले काँही प्रतीकात्मक अनुसन्धान वा समिति बनाएर ‘समस्या समाधान भइरहेको छ’ भन्ने देखाउने नाटकमा व्यस्त देखिन्छ।
अब यति चेतावनी पर्याप्त छ—यदि समयमा आवश्यक सुधार गरिएन भने वित्तीय संस्थाको भरोसा हराउँछ, र त्यसको चक्रबातले आम जनताको जीवन मात्र होइन, सम्पूर्ण अर्थतन्त्रलाई नै डुबाउनेछ।
अब के गर्न आवश्यक छ?
वित्तीय संस्थाहरूको कडाभन्दा कडा नियमन
पारदर्शिता सुनिश्चित गर्ने प्रविधिमैत्री संरचना
सहकारी तथा लघुवित्त क्षेत्रमा विशेषज्ञ निरीक्षण टोलीको गठन
जनताको लगानी सुरक्षित गर्ने स्पष्ट नीति
राजनीतिक हस्तक्षेप पूर्णरूपमा बन्द
जनताको पसिना र श्रमको कमाइलाई विश्वासका आधारमा संचित गर्ने वित्तीय प्रणाली यदि भरोसाहीन बन्छ भने त्यसले शासन र राज्यप्रतिको विश्वाससमेत गुमाउँछ।
अहिले बजारमा वित्तिय संस्था डुब्यो भनेर निकै चर्चा रहेको छ । यिनीहरुले सेयर, घरजग्गा र गाडी धितोमा राखेर लगानी वा कर्जा प्रवाह गरेको धितोको मूल्य आज हत्तै घटेको हुनाले पनि यिनीहरु डुब्ने अवस्थामा पुगेका हुन् । एक वर्षअघि ४ हजार कित्तामा एक कित्ता सेयर बिक्री हुन्थ्यो भने अहिले मूल्य घटेर सय रुपैँयामा बिक्री हुदैँन । २०७८÷४÷२१ गते एकैदिन २३ अर्बको सेयर कारोबार भएको थियो भने अहिले २०७९÷६÷१२ गते ४८ करोडको सेयर कारोबार हुने गरेको छ ।
सेयरमा लगानी गर्ने लगानीकर्ता, वित्तिय संस्थाहरु सबै आज चुलुम्मै डुबिसकेका छन् । सेयर धितो राखेर कर्जा लिने मानिस पनि सेयरको मूल्य घटेपछि देश नै छोडेर भागिसकेका छन् । वित्तिय संस्थाले त हिजो एक कित्ता सेयर ३ हजार पुग्दा त्यहँी सेयर धितो राखेर २५ सय कर्जा दिएको थियो नि त तर अहिले त्यँही सेयर मूल्य घटेपछि सय रुपैँयामा बिक्री हुदैँन । अहिले वित्तिय संस्थाहरु डुबिसकेका छन् तर यिनीहरुले जनताले आफ्नो पैसा निकाल्छन् र हामी झन् डुब्छौँ भनेर आफु डुबेको कुरा भित्रभित्रै दबाइरहेका छन् ।
अहिलेपनि बैंकहरुले विज्ञापन बजाएर कलाकारलाई नचाएर डिपोजिटको ब्याज २० प्रतिशतसम्म दिन्छु भनेर जनतासँग पैसा लिइरहेका छन् । त्यस्तै यता सहकारीले त २४ देखि ४० प्रतिशतसम्म ब्याज दिन्छु भनेर जनतासँग पैसा उठाइरहेका छन् । तर यत्रो ब्याज दिन्छु भन्दा पनि जनताले वित्तिय संस्थामा आफ्नो पैसा राख्दैँनन् ।
त्यस्तै यता ५३ लाख जनताले खर्बो रुपैँया सेयरमा लगानी गरेका छन् । तर अहिले
सेयरको मूल्य घटेपछि यिनीहरुले सेयरमा गरेको लगानी बालुवामा पानी हालेको बराबार भएको छ । सेयरमा गरेको आफ्नो लगानी त डुबि नै हाल्यो तर वित्तिय संस्थामा त्यहँी सेयर धितो राखेर लिएको कर्जा त तिर्नुपप्यो नि त ।
अहिले वित्तिय संस्थाबाट लिएको ऋण नै तिर्न नसकेर यिनीहरु भगाभाग गरिरहेका छन् । यसरी सेयर धितो राखेर ऋण खाने मानिस भागेपछि अब वित्तिय संस्थाले कर्जा कसरी उठाउने त ।
कालोसूचीमा राख्दैमा वा पत्रिकामा फोटा निकाल्दैमा त कर्जा उठ्दैँन नि त । अब झन् सेयर धितो राखेर बैंकबाट लिएको ऋणको ब्याज वा पेलान्टी बढ्दै जान्छ र अहिले सय रुपैँयामा बिक्री नभएको सेयर भोलि झन् मूल्य घटेर २० रुपैँयामा आउँछ ।
हिजो बजार बढेको समयमा २० लाख मूल्य पर्ने सेयर धितो राखेर वित्तिय संस्थाले १५ लाख कर्जा प्रवाह गप्यो । त्यो १५ लाख कर्जा अहिले ऋणीले नतिरेर २५ लाख पुगेको छ तर त्यो २० लाख मूल्य पर्ने सेयर त अहिले घटेर १ लाखमा आएको छ नि त । यसरी वित्तिय संस्था डुब्यो । अहिले सेयर वित्तिय संस्थाले लिलाम गर्दा पनि बिक्दैँन र ऋणीले पनि पैसा तिर्दैन । साथै यता बजारमा सेयरको मूल्य पनि बढ्दैँन । अब झन् धेरै बैंक, फाइन्स र सहकारीहरु डुब्छन् र जनताको पैसा डुब्छ ।
पछिल्लो समय सेयर लगानीकर्ताहरुको रुवाबासी भइरहेको छ र उनीहरुलाई अहिले जुवाँतास खेलेर हारेको जस्तो महसुस भइरहेको छ । छिटो नाफा कमाउन वा सजिलो रुपमा कमाउनका लागि मानिसहरुले सेयरमा धमाधम लगानी गरे तर अहिले डुबेर सुकुम्बासी हुन पुगे । वर्ष दिनमा केही महिना झरी पर्छ त केही महिना घाम लाग्छ । तर सेयरमा त अहिले झरी परेको परै छ । अहिले सेयरको मूल्य झन्झन् घटिरहेको छ भने सेयर लगानीकर्ता झन्झन् डुबिरहेका छन् ।
अरुको कुरामा लागेर , बुझ्रदैनबुझी वा छिटो नाफा कमाउन आफ्नो सम्पूर्ण लगानी नै सेयरमा गर्दा आज मानिसहरुको बिल्लीबाँठ हुन पुगेको छ । कानुनमा जुवाँतास खेल्न प्रतिबन्ध लगाएको छ तर ५३ लाख जनताले सेयरमा जुवाँतास खेल्दा आज उनीहरु चुलुम्मै डुबेका छन् । त्यस्तै यता सेयर लगानीकर्ताहरु राजनितिक पार्टीको झोला बोक्ने , संगठन खोल्ने र आफु नेता बन्नका लागि आन्दोलन गर्ने वा अनसन बस्ने । सिधासाधी जनतालाई सेयरमा नाफा हुन्छ भन्दै फसाउने ३०÷३५ जना सेयरमा लगानी गर्ने ठुला व्यापारीले आफ्नो सेयरबिक्री गर्ने समयमा मूल्य बढाउने र घटाउने काम गरेर बजार कब्जा गर्दै जनता डुबाइरहेका थिए ।
तर अहिले सेयरको मूल्य घट्दा उनीहरु नै डुबेर भगाभाग गरिरहेका छन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका थिए, सेयरमा लगानी गर्नु भनेको जुवाँतास खेल्नु हो र सेयर लगानीकर्ता जुनसुकै समय पनि डुब्न सक्छ । पछिल्लो समय बैंक, सहकारी वा फाइन्सहरुले पनि सेयरलगानीकर्तालाई बोनस दिन छोडिसकेका छन् ।
बैंक, निजी संघसंस्था वा सहकारीहरुले सय रुपैँयामा निष्कासन गरेको सेयर दलालहिरुले सिधासाधी जनतालाई हजारदेखि ५ हजारसम्ममा बिक्रीवितरण गर्ने गर्थे र यस्तो ठगीधन्दा नराम्रोसँग मौलाइरहेको थियो ।
बैंक वा विभिन्न कम्पनीहरुले आफ्नो बैंक वा कम्पनीको सेयरको मूल्य बढाउन आफ्नो बार्षिक आम्दानीमा धेरै नाफा रहेको बताउने र सेयरको मूल्य बढाउने गर्थे । तर अहिले पछिल्लो समय बैंक, फाइन्स र सहकारीहरु डुब्यो र यिनीहरुसँग कर्जा लगानी गर्ने समेत पैसा छैन भनेर त जनताले थाहा पाइसकेका छन् नि त ।
बैंक, फाइन्स र सहकारीमा अहिले पैसा निकाल्ने वा खाता बन्द गर्नेको भिड छ तर पैसा राख्ने र नयाँ खाता खोल्ने कोही छैन । साथै यि संस्थाहरुले एक वर्षदेखि कर्मचारीलाई तलब दिन नसकेको र ६ महिनादेखि घरभाडा तिर्न नसकेको भनेर पनि सुनिन्छ । दिनहुँ १० ओटा सहकारीहरु भागिरहेका छन् र एउटै घरमा सहकारी र बैंक गरेर ७ ओटासम्म बोर्ड रहेको छ ।
९१ लाख जनताको ३५ हजार २ सय ३९ सहकारीमा ११ खर्ब ९० अर्ब पैसा डुब्दै छ र सहकारीले यो पैसा फिर्ता गर्न सकेको छैन । यत्रो पैसा जनताको सहकारीमा डुब्दा वा सेयरमा डुब्दा अब नेपालको अर्थतन्त्र श्रींलका हुँदै छ भनेर बुझ्रनुपर्छ । अहिले जनताहरु बाठो भएका छन् र उनीहरु वित्तिय संस्थाले जतिसुकै महंगो ब्याज दिन्छु भनेपनि पैसा राख्दैँनन् । त्यस्तै यता बजारमा हजार र पाँच सयको नोट प्रतिबन्ध लगाई दुई हजारको नयाँ नोट निकाल्नुपर्छ भनेर जनताले माग गरेपनि सरकारले यसमा ध्यान दिएको छैन ।
यता बैंक, फाइन्स र सहकारीहरुले पहिला १० लाख मूल्य पर्ने सवारीसाधनलाई महंगो ब्याज, सेवाशूल्क वा घुस लिएर ८ लाखसम्म कर्जा प्रवाह गप्यो र ८ लाख कर्जा तिर्न नसकेर आज त्यो कर्जा १२ लाख पुगेको छ तर त्यो १० लाखको सवारीसाधनको मूल्य घटेर अहिले एक लाखमा आयो । अब तपाईँ आफैँ विचार गर्नुस् कि वित्तिय संस्था डुब्यो कि डुबेन । वित्तिय संस्थाहरुले कर्जाको लगानी केसमा गरेको छ भनेर डिपोजिट र सरकारपक्षलाई देखाउँदैँन ।
यिनीहरुले जसमा आफुलाई नाफा हुन्छ वा घुस खान पाइन्छ त्यसमै कर्जा लगानी गर्ने गर्छ । एउटा उदाहरण नै भन्दा, काठमाडौँको न्यूरोड इन्दचोकमा एक आना जग्गाको सरकारी मूल्य ६६ लाख ५० हजार रहेको छ तर दुई वर्ष अगाडी त्यहाँ त्यहँी जग्गा एक आनाको १० देखि १२ करोडसम्ममा बिक्री वितरण हुने गथ्र्यो । यसरी १२ करोडमा आनामा बिक्री हुने जग्गालाई वित्तिय संस्थाले रोक्का गरेर ८ करोडसम्म कर्जा दिने गथ्र्यो ।
तर व्यक्तिले आनाको १२ करोडमा किनबेच गरेपनि सरकारलाई भने त्यो जग्गा नामसरी गर्नेसमयमा ६६ लाख ५० हजारको नै राजस्व तिरिन्थ्यो तर त्यो १२ करोडमा किनबेच हुने जग्गा आज सरकारी मूल्यमा समेत बिक्री हुदैँन ।
त्यस्तै यता दुई वर्षअगाडी आनाको ८० लाखमा किनबेच हुने घरजग्गालाई वित्तिय संस्थाले धितोमा राखेर ६० देखि ६५ लाखसम्म कर्जा दियो तर त्यो कर्जा ऋणीले तिर्न नसकेपछि कर्जा त आज ८० लाख पुग्यो तर ८० लाख पुगेको घरजग्गा आज डेढमा बिक्री हुदैँन ।
साथै यता त्यो जग्गाको सरकारी मूल्य तै ५ लाख रहेको छ र राज्यलाई राजस्व तिर्नेबेला ५ लाखको मात्र तिर्ने गरिन्छ । अब आफैँ भन्नुस् , वित्तिय संस्था डुब्यो कि डुबेन । त्यसैले बैंक, फाइन्स र सहकारीमा पैसा राख्ने मानिसहरु यो कुरा थाहा पाएपछि आफ्नो पैसा निकाल्न दिनरात वित्तिय संस्था धाइरहेका छन् ।
साथै अहिले घरजग्गा, सेयर र गाडीको मूल्य बढाउने दलालीहरु वित्तिय संस्थाको वा व्यक्तिको ऋण तिर्न नसकेर भगाभाग गरिरहेका छन् । पछिल्लो समय यातायात कार्यालयमा एकदुईओटा सवारीसाधन बल्लतल्ल नामसरी हुने गर्छ भने मालपोत कार्यालयमा त त्यँही पनि हुदैँन ।
यता वित्तिय संस्थासँग कर्जा दिने रकम छैन र व्यक्तिहरुले वित्तिय संस्थाबाट पैसा निकालेर आआफ्नो घरमा लुकाइसकेका छन् । त्यसैले अहिले बजारमा एक लाख रकमको महिनाको ५ हजारदेखि ३० हजारसम्म ब्याजमा पैसा लगाउने र लिने मानिस भेटिन्छ ।
बजारमा पैसाको हाहाकार छ वा मन्दी छ । त्यस्तै वित्तिय संस्थामा आर्थिक तरलता रहेको छ । अर्थविद्हरु बताउँछन्, नेपालको अर्थतन्त्र श्रींलका भइसक्यो ।
विदेशी ऋण प्रत्येक दिन बढिरहेको छ र प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ७९ हजार पुगेको छ ।
नेपाल सरकारले विदेशीसँग लिएको ऋणको साँवा र ब्याज नै तिर्न नसक्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सरकारी कर्मचारीलाई तलब खुवाउन समेत विदेशीसँग हात थाप्नुपर्ने अवस्था आएको बताएका छन् । यता जनता वा व्यापारीले पनि सरकारलाई कर तिर्न छोडिसकेका छन् ।
प्रत्येक दिन डलरको भाउ र व्यापार घाटा बढिरहेको छ । तर यता व्यापारीहरु भनेचाहिँ अर्थमन्त्री जर्नादन शर्मालाई अर्बो रकम दिएर सरकारले लगाएको विभिन्न ६ वस्तुको प्रतिबन्ध खुलाउनतिर लागिपरेका छन् । अर्थमन्त्री शर्मा पनि व्यापारीसँग चुनाव खर्च लिनका लागि प्रतिबन्धको म्याट थप्नतिर नलागि खुलाउनतिर लागिपरेका छन् । त्यस्तै यता राष्ट्रिय बैकका गर्भनर महाप्रसाद अधिकारी न त यसको विरोधमा बोल्न नै सक्छन् न त के गर्न नै सक्छन् ।
आफ्नो अर्थमन्त्री पद जोगाउन वा व्यापारीसँग पैसा खान अर्थमन्त्री शर्मा तै अर्थतन्त्रमा सुधार आएको बताउँछन् । कताबाट भयो त अर्थतन्त्रमा सुधार । अहिले पनि वित्तिय संस्था डुबि नै रहेको छ र जनताको पैसा धरायसी हुँदै छ । अनि यँही हो त अर्थतन्त्रमा सुधार आएको । जनताहरु अहिले भन्छन्, अर्थमन्त्री शर्माकै कारण आज देशको अर्थतन्त्र पनि टाट पल्टियो र सेयरको मूल्य पनि घट्यो ।
अर्थको विषयमा केही पनि ज्ञान नभएको व्यक्तिलाई माओवादी पार्टीले अर्थमन्त्री बनाउँदा आज देशको अर्थतन्त्र नै नरहने अवस्थामा पुगेको छ । तर पार्टीले न त यस्ता अर्थमन्त्रीलाई फिर्ता नै बोलाउँछ न त अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार नै ल्याउन सक्छन् ।
यदि अर्थमन्त्री शर्मासँग अझै पनि नैतिकता छ र उनी आफ्नो पदबाट बाहिरिने हो भने यसबाट देश र जनतालाई फाइदा हुन्छ होला । के नैतिकता अर्थमन्त्रीले गुमाएकै हुन् । अर्थमन्त्री आफ्नो फाइदाका लागि व्यापारीसँग पैसा खाएर प्रतिबन्ध खुलाउने अनि यसको मार तै जनताले भोग्नुपर्ने । अहिले प्रतिबन्ध खुलाउनु हुदैँन र म्याट थप गर्नुपर्छ । अब सरकारले पनि देशको अर्थतन्त्र जोगाउन केही पहल गर्नुपर्छ , होइन भने विश्वसामु नेपाल रहदैँन ।