आइत, ०६ वैशाख २०८३ / April 19, 2026, Sunday
आइत, ०६ वैशाख २०८३
Advertisement
banner add

झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट

banner add
writter
शुक्र, ०४ वैशाख २०८३
(Shares)

निगरानी ब्यूरो/काठमाडौँ । झगडा मिलाउन गएका वडाध्यक्षमाथि कुटपिट भएको खबर बाहिर आएको छ ।स्थानीय तह लोकतन्त्रको सबैभन्दा नजिकको अभ्यास हो । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१३ मा वडाध्यक्षमाथि भएको कुटपिटको घटना स्थानीय समाजको लागि गम्भीर चिन्ताको विषय बनेको छ।

समुदायमा देखिने सामान्य पारिवारिक विवाद समाधान गर्न अग्रसर जनप्रतिनिधि नै आक्रमणको शिकार बन्नु हाम्रो सामाजिक सहिष्णुता र संवाद संस्कृतिमा कमजोरी देखिएको संकेत हो।जहाँ जनप्रतिनिधि जनताका सुखदुःखमा प्रत्यक्ष जोडिएका हुन्छन्। यिनै जनप्रतिनिधिमध्येका एक वडाध्यक्ष झगडा मिलाउन जाँदा कुटपिटमा पर्नु दुःखद मात्र होइन । चिन्ताजनक संकेत पनि हो।

वडाध्यक्षको मुख्य जिम्मेवारीमध्ये एउटा समुदायमा उत्पन्न विवाद समाधान गर्नु हो। गाउँसमाजमा सानो विवादलाई ठूलो हुन नदिन । मेलमिलापको संस्कृति विकास गर्न र सामाजिक सद्भाव कायम राख्न उनीहरू अग्रपंक्तिमा हुन्छन्। तर यस्ता प्रयासकै क्रममा जनप्रतिनिधिमाथि आक्रमण हुनुले समाजमा असहिष्णुता बढ्दै गएको देखाउँछ।

यस घटनाले दुई महत्वपूर्ण प्रश्न उठाउँछ। पहिलो के हामी अझै पनि संवाद र सहमति भन्दा हिंसालाई प्राथमिकता दिने मानसिकताबाट मुक्त हुन सकेका छैनौं ।दोस्रो जनप्रतिनिधिहरूको सुरक्षाबारे राज्य कत्तिको गम्भीर छ । यदि विवाद समाधान गर्न गएका व्यक्तिहरू नै असुरक्षित हुन्छन् भने, त्यसले सामाजिक समन्वयमा गम्भीर असर पार्न सक्छ।

यस घटनामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ। दण्डहीनता बढ्दै जाँदा यस्ता घटना दोहोरिन सक्छन्। साथै स्थानीय तहमा मेलमिलाप र मध्यस्थताको कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन राज्यले स्पष्ट नीति र सुरक्षा व्यवस्था गर्नुपर्छ।

साथै नागरिक तहमा पनि चेतनाको आवश्यकता छ। विवाद समाधानको प्रक्रिया सहकार्य सहिष्णुता र संवादमा आधारित हुनुपर्छ। आक्रोश र हिंसाले कुनै समस्या समाधान गर्दैन बरु थप जटिल बनाउँछ।

अन्ततः जनप्रतिनिधिमाथि भएको यस्तो आक्रमण व्यक्तिगत मात्र होइन । लोकतान्त्रिक मूल्य र प्रणालीमाथिको आक्रमण हो। त्यसैले यस्ता घटनालाई सामान्य ठानेर बेवास्ता गर्नु हुँदैन। समाज राज्य र सरोकारवाला सबै मिलेर सुरक्षित सहिष्णु र संवादमैत्री वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुनु आजको आवश्यकता हो।

ads
ads
add
banner add

सम्बन्धित खबर